• काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० भित्र अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अर्का नेता वामदेव गौतमले मोर्चाबन्दी कस्ने भएका छन् ।

    ओलीविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधव कुमार नेपाल भीड्न नसक्ने ठहरसहित नेता गौतम अब ओलीविरुद्ध लड्न तयार भएको स्रोतको दाबी छ ।

    तत्कालिन् नेकपा एमालेको संसदीय दलको नेता बनाउन साथ दिएका वामदेव यतिवेला ओलीविरुद्ध नै मैदानमा उत्रिने तयारीमा छन् ।

    उनले हरेक तवरले आफू ओलीसँग लड्न सक्षम रहेको भन्दै सोही अनुसार पार्टीभित्र ‘मुभ’ गरेका छन् । ओली अहिले शक्तिशाली प्रधानमन्त्री भएका छन् । यो बीचमा ओलीबाट वामदेवले धेरै अपेक्षा राखेका थिए ।

    निर्वाचन हारेका वामदेव ओलीबाट धेरै सहयोग हुन्छ भन्ने अपेक्षामा थिए । तर, ओलीले न वामदेवलाई संसदमा ल्याउनको लागि पहल गरे, न त कुनै महत्वपूर्ण जिम्मेवारी नै दिए ।

    ओलीले कहीँ न कहीँ ठाउँ दिन्छन् भनेर चुप लागेर बसेका वामदेव खाली हात भएपछि अहिले रुष्ट बनेका छन् । उनी ओलीसँग एक्लै भीड्ने पक्षमा छन् ।

    यहीबीचमा आफ्ना कुराहरु लिएर वामदेव मासमा पनि जाने तयारी भएको उनीनिकट उच्च स्रोतले जनायो । उता वामदेवलाई पूनः संसदमा लैजानुपर्छ भनेर पार्टीभित्रैबाट चर्को आवाज उठिरहेको छ । अब सम्भवतः चुनावमा लड्नको लागि उनले पर्सा क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने बुझिएको छ ।

    उक्त क्षेत्रका निर्वाचित सांसद एवम् सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका सांसद हरिनारायण रौनियार निलम्बनमा परेका छन् ।

    उनीद्धारा सञ्चालित निर्माण कम्पनी पप्पु कन्स्टूक्शन कालोसुचिमा परिसकेको छ । अब उक्त क्षेत्र वामदेवको लागि सुरक्षितजस्तै भएको हल्ला चल्न थालिसकेको छ । यता, पछिल्लो समय वामदेव गौतम पनि असन्तुष्ट देखिएका छन् ।

    पार्टी एकताका मुख्य पात्रका रुपमा रहेका गौतम तथा नारायणकाजी श्रेष्ठदेखि झलनाथ खनालसम्मको असन्तुष्टीलाई प्रचण्डले ओत दिएका छन् । जसका कारण प्रधानमन्त्री समेत रहेका ओली पार्टी भित्र कमजोर बन्दै गएका छन् । अभियान टाइम्सका साथमा ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…