उर्लाबारीःस्थानीय सञ्चार क्षेत्रका बिषयमा मोरङको उर्लाबारीमा शुक्रबार एक दिने अन्तरक्रिया सम्पन्न भएको छ । सञ्चार केन्द्र विराटनगरको आयोजना तथा सञ्चार क्लब नेपालको संयोजनमा भएको उक्त अन्तरक्रिया कार्यक्रममा स्थानीय सञ्चारमाध्यमका अवस्था, समस्या, समाधानका उपायलगायतका बिषयमा छलफल गरिएको हो । क्लबका संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडा, अग्रज पत्रकार दुर्गाप्रसाद भट्टराई, अध्यक्ष घनश्याम भण्डारी, प्रदेश पार्षद केदार चौहान, पत्रकार भूपेन्द्र तिम्सिना, तेजन खड्कालगायतले ग्रामीण क्षेत्रको पत्रकारिता जोखिमपूर्ण रहेको र राज्यले गम्भिर ध्यान दिन पर्नेमा जोड दिएका छन् । क्लबका पूर्वअध्यक्ष जगन्नाथ भट्टराईले सञ्चालन गरेको उक्त कार्यक्रममा पूर्वी मोरङका एक दर्जन बढी पत्रकारहरुको सहभागिता रहेको थियो ।