• प्रधानाध्यापक टंक पाण्डेले विद्यालय बन्द त गरे नै विद्यालयकै खर्चमा मञ्च बनाएर बाम गठबन्धनलाई चुनावी सभाका लागि विद्यालय उपलव्ध गराए ।
    बाम गठबन्धनद्वारा उम्मेरदवारी मनोनयन दर्ता पश्चात आयोजित सभालाई नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका नेता एवम् पूर्व सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्की पार्थ र राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले सभालाई सम्बोधन गरेका थिए ।
    निर्वाचन आयोगले आचारसंहिता जारी गरेको अवस्थामा विद्यालयमा चुनावी सभा गर्नु निर्वाचन आचार संहिता उलंघन हो । कात्तिक १४ गतेदेखि दोस्रो चरणको निर्वाचन हुने क्षेत्रमा पूर्णरुपले आचारसंहिता लागु भएको जिल्ला निर्वाचन कार्यालय झापाका निर्वाचन अधिकारी गोपाल आचार्यले बताए । उनले भने, विद्यालय भित्र सभा गर्नु आचारसंहिता उलंघन हो ।

    विद्यालय शान्ति क्षेत्र भएकाले कुनैपनि राजनीतिक पार्टीका सभा गर्न नपाइने परिषरमा राजनीतिक गतिविधि गर्न पाईदैन । बाम गठबन्धनले विद्यालयले आफ्नो कार्यक्रम गर्न बनाएको स्टेजको प्रयोग हो ।‘‘हामिले शुक्रबार कक्षा एघारमा आएका विद्यार्थीकालागि स्वागत कार्यक्रम , अभिभावक भेला र छातावृत्ति वितरण कार्यक्रमकालागि स्टेज निर्माण गरेका हौ’’, विद्यालयका प्रधानाध्यापक टंक पाण्डेले भने–‘‘हामिले बाम गठबन्धनको घोषणा सभालाई भनेर विद्यालय विदा गरेको होइन ।’’



    विद्यालयका प्रधानाध्यापक पाण्डेले विद्यालयको शुक्रवार आज हुने आन्तरिक कार्यक्रम तयारीको बहना बनाएर बिहिवार विद्यालय विदा गराएका थिए । तर उनी त्यसलाई स्वीकार गर्न तयार छैनन् । प्रअ पाण्डेले प्रसाशनको अनुरोधमा विद्यालय बन्द गरेपनि त्यसो नभएको बताए । ‘‘संयोगले यस्तो परेको हो’’,उनले भने–‘‘१६ गते विदा दिने निर्णय विद्यालय ब्यवस्थापन समितिले नै निर्णय गरेकाले विदा दिएका हौ ।’’

    झापाका जिल्ला शिक्षा अधिकारी योगेन्द्र बरालले प्रमुख जिल्ला अधिकारी , निर्वाचन आयोग लगायत सरोकारवालाको वैठक बसेर उक्त स्थलमा कार्यक्रम गर्न दिएको सजिलो खवरसँगको कुराकानीमा बताए । ‘‘विद्यालय शान्ति क्षेत्र हो , राजनीतिक दलका कार्यक्रम विद्यालय परिषरमा नगरेको भए राम्रो हुन्थ्यो’’, बरालले भने –‘‘प्रसाशनले निर्णय गरेर कार्यक्रम गर्न दिएपछि हामिले केही भन्न सकेनौ ।’’
    चुनावी सभाकालागि विद्यालय बन्द गरेको बिषयमा शिक्षक र अभिभावक राम्रो मानेका छैनन् । एक शिक्षकले भने, यसको छानविन हुनु पर्छ ।

    सजिलो खबरबाट

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…