२०७४ कार्तिक १८ गते ललितपुर चुम्लुङ हिम !
कि.या.चु.लिम्बू भाषा साहित्य प्रतिष्ठान नेपाल,लिम्बू बिध्यार्थी मन्च केन्द्रिय समिती,किरात याक्थुङ माङ्गेना चुम्लुङ नेपाल,इमानसिङ चेम्जोङ मेमोरियल फाउन्डेशन काठमाण्डौ,फक्ताङ्लुङ सयङ नेपाल,याक्थुङ साप्सक एकेडेमी काठमाण्डौ, र याक्थुङ युवा मंच नेपाल गरि ७ वोटा संघ सस्था को संयुक्त पहल तथा आयोजनामा म्यान्मार,बर्मा निवासी नेपालिमुलका,समाजसेवि प्राध्यापक श्री भारती ओख्राबो लिम्बुनी ज्यु लाई अभिनन्दन गरिएको हो !
जो नेपाल भन्दा बाहिर रहेर पनि,नेपाली सस्कार सस्कृती को जगेर्नामा लागि परि रहनु भएकोमा र विशेषत, लिम्बू सस्कार सस्कृति प्रती उनको धेरै ठूलो योगदान रहेको प्रस्ट पर्दै, सहभागी बक्ताहरुले उच्च सम्मानका साथ् प्रसंङ्सा गरेको थियो ! उक्त आयोजित कार्यक्रम,लेखक तथा कलाकार यासेली योङ्हाङले औपचारिकरुपमा सुरुगरेको थियो भने सो कार्यक्रममा सभापती मुन्धुमविद येहाङ लावती ले गर्नु भएको थियो।
पुर्ब कुलपती बैरागी काइला को प्रमुख आथित्यमा सम्पन्नकार्यक्रममा अधिकाँस बक्ताहरुले विचार राखेको थियो ।