• राष्ट्रपति विद्यादेवी भण्डारी पोल्यान्ड भ्रमणबाट फर्कने क्रममा अन्य उडानलाई आकाश र ग्राउन्डमा ‘होल्ड’ राखिँदा बिहीबार काठमाडौं विमानस्थलका उडान रातिसम्मै प्रभावित भए ।

    कतार एयरवेजको भीभीआईपी उडान बिहान ११.०८ बजे अवतरण भएकामा त्यसपछिका उडान २ घण्टासम्म डिले भएका हुन् । उक्त विमान काठमाडौंमा १०.४० मा अवतरण गर्ने भनिएकामा आधा घण्टा ढिलो भएको थियो ।

    त्यसपछि आधा घण्टाका लागि सबै व्यावसायिक उडान रोकिएका थिए । उडान डिले हुँदा पोखराका लागि बिहीबार तय गरिएका तीन उडान रद्द गर्नुपरेको बुद्ध एयरले जनाएको छ । भीभीआईपी उडान अवतरण गराइँदा सिमराको आकाशमा नेपाल वायुसेवा निगमको एयरबस, जेट एयरवेज तथा आन्तरिक तर्फका बुद्ध र श्री एयरलाइन्सका विमान ‘होल्ड’ मा राखिएका थिए ।

    यता काठमाडौंबाट बाहिर जाने विमानलाई स्टार्टअप अनुमति दिइएको थिएन । पछि ट्राफिक चाप बढेकाले काठमाडौं टावरका एयर ट्राफिक कन्ट्रोलरले पश्चिमबाट काठमाडौं आउँदै गरेका श्री र बुद्धसहितका विमानलाई भरतपुरमाथिको आकाशमा होल्डमा राखे ।

    काठमाडौंमा भीभीआईपी उडान हुने दिन दिनभर उडान डिले हुन्छन् । ‘आज उसै पनि बिहान नौ बजेमात्रै एयरपोर्ट खुलेको थियो, भीभीआईपी उडानका कारण आन्तरिक विमान तोकिएको समयभन्दा डेढदेखि २ घण्टासम्म डिले भए,’ एक निजी एयरलाइन्सका म्यानेजरले भने । कान्तिपुरबाट ।

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…