• बेलबारी(मोरङ) २१ मङ्सिर । न संसदीयको चुनाब , न पार्टीको महाधिवेशन । तर शुक्रबार नेपाली काङ्ग्रेस मोरङ क्षेत्र नं. ३ ले बिराटचौकमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा झण्डै ५ सय जना नेकपा निकट कार्यकर्ता तामझामका साथ कांग्रेसमा प्रवेश गरे । कांङ्ग्रेस नेता डाक्टर शेखर कोइराला ,मोरङ काङ्ग्रेसका सभापति डिगबहादुर लिम्बू र महासमिति सदस्य डाक्टर सूनील शर्माले काङ्ग्रेसमा प्रवेश गर्नेहरूलाई पार्टीको सदस्यता र काङ्गे्रसको झण्डा प्रदान गरे । स्थानीय पानस पार्टी प्यालेसमा भएको कार्यक्रममा तत्कालिन नेकपा माओवादीको केन्द्रीय समितिमा लामो समय सम्म बसेर काम गरेका आधा दर्जन नेता बिना सर्त काङ्ग्रेसमा प्रवेश गरेका छन् ।

    यो सब वातावरण तयार गरेका हुन् –मोरङ क्षेत्र नं. ३ बाट गत संसदीय निर्वाचनमा काङ्ग्रेसबाट उम्मेद्वार बनेका काङ्ग्रेस महासमिति सदस्य डाक्टर सुनील शर्माले । शर्मा शुक्रबार पर्दा भित्र थिए । उनले न भाषण गरे , न मिडियालाई कुनै प्रतिक्रिया दिए । गाउँ गाउँबाट सहभागी हुन आएका काङ्गे्रस कार्यकर्ताको उत्साह देख्दा लाग्थ्यो –अबको केही दिनमा संसदीय निर्वाचन हुँदैछ ।र काङ्ग्रेसबाट उम्मेद्वार  डाक्टरशर्मा नै छन् ।
    चुनाव ताका गाउँ गाउँमा स्वास्थ्य शिविर र घर–घरमा रोगीहरूलाई निशुल्क उपचार गर्दा विपक्षीबाट शर्माको आलोचना भएको थियो । धेरैले स्वास्थ्य शिविरलाई चुनावी कार्यक्रमको संज्ञा दिए । तर,जन–जनको मन जितेर पनि अंक गणितीय रुपमा निर्वाचन हारेका डाक्टर शर्माले निर्वाचन पछि पनि स्वास्थ्य शिविरलाई निरन्तरता दिए । विपन्न,अल्पसङ्ख्यक र स्वास्थ्यको पहुँच नभएका रोगी विरामी वृद्ध–वृद्धालाई घर घरमा पुगेर अस्पताल लैजाने र निशुल्क उपचार गराएर घर फर्काउने कार्यक्रम अझै निरन्तर चलिरहेको छ । डाक्टर शर्माको यस कार्यक्रमले विपक्षीहरूको समेत मुख बन्द भइसकेको छ । कार्यक्रममा के के बोले नेताले काङ्ग्रेस नेता डाक्टर शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ मिनेट पनि सरकारमा बस्ने अधिकार नरहेको बताएका छन् । उनले एउटा अन्तराष्ट्रिय गैर सरकारी संस्थाको कार्यक्रममा भाग लिन सरकारी आवास छोडेर तीन दिन सम्म होटलमा बस्ने प्रधानमन्त्री राष्ट्र र जनताको हुनै नसक्ने दाबी गरे । उनले केपी ओली सरकारको रबैया हेर्दा सरकार स्थिर हुँदैमा राजनीतिक स्थिरता नहुने सङकेत देखिरहेको बताए । कानून र राज्य भनेको नै मै हुँ भन्ने दम्भबाट ओली सञ्चालित भएको आरोप लगाउँदै कोइरालाले यस्ता गतिविधिले संघीयता टिक्न नसक्ने दाबी गरे । सरकारमा जनवादी केन्द्रीयताको धङ्धङ्गी छ, त्यसैले सरकार सङ्घ, प्रदेश र स्थानीय सरकारले सञ्चालन गर्ने आयोजनाको पनि केन्द्रले हेर्ने नियम बनाउँदै छ । यस्तो नियम कहि कतै नभएको कोइरालाको दाबी छ । यो जनबादी केन्द्रीयता लागु गर्ने संकेत हो , सरकार परराष्ट्र नीतिमा पनि चुकेको कोइरालाले आरोप लगाए । उनले भने–विमिष्ेटक सम्मेलनमा ६ देशका सरकार प्रमुखसँग गरेको सहमतिबाट सरकार पछि हट्नु एउटा उदाहरण हो । कोइरालाले एसिया प्यासेफिक समिटको कार्यक्रममा सरकार सह आयोजक बनेर गल्ती गरेको उल्लेख गरे । उनले भने –एउटा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थासँग दुई तिहाइृ बहुमतको सरकार निरिह बन्यो । यो आम नेपालीका लागि लज्जाको विषय हो । अर्का केन्द्रीय सदस्य एवं सांसद गगन थापाले पार्टी सरकार बाहिर रहेपनि जनतासँग नजिक रहेको बताए । थापाले सरकारले जन अपेक्षा अनुसार काम गर्न नसकेको बताउँदै दुई तिहाईको बलले बनेको सरकार आफ्नै कारण कमजोर हुने थापाको धारणा थियो । थापाले कम्युनिष्टहरूले गरिवको राजनीति गरेर सधै चुनाव जिते पनि गरिवका लागि कुनै कार्यक्रम ल्याउन नसकेको बताए ।योगदानमा सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रम काङ्ग्रेस सरकारको पालामा सुरु भएको बताउँदै उनले करोडौं खर्च गरेर पोल पोलमा सरकार देखाउनु लज्जाको विषय भएको बताए । उनले कांग्रेसलाई उद्योग बेचेर खाएको आरोप लाग्ने गरेको बताउँदै भने–कम्युनिष्ट कार्यकर्तासँग आँखा जुधाएर सोध्नुहोस,दुई तिहाईको सरकार छ , कुनै एउटा उद्योग पुन चलाएर देखाउनु होस ,अनि थाहा हुन्छ, सरकारी उद्योग बन्द भए । उनले सरकारले कपडा ,जुत्ता,चिनी कारखाना चलाउने होइन, यो नीजि क्षेत्रको काम हो । सरकारले उद्योग मैत्री नीति निर्माण गरेर उत्पादनमा जोड दिने हो । मोरङ काङ्ग्रेसका सभापति डिगबहादुर लिम्बूले काङ्ग्रेसले गरेका कामको प्रचार गर्न नसकेको बताए । सरकार महिला मैत्री नभएको बताउँदै उनले आमा दिदी बहिनीलाई सुरक्षामा आफै पनि चनाखो रहन आग्रह गरे । उनले पार्टीमा आउने साथीहरूलाई ब्यवस्थापन गर्न केन्द्रीय सदस्य कोइराला सँग आग्रह गरे । नेपाली काङ्ग्रेस मोरङ क्षेत्र नं. ३ का सभापति गणेश खड्काको सभापतित्वमा भएको कार्यक्रममा शुक्रबार नै तत्कालिन नेकपा परित्याग गरी काङ्ग्रेस प्रवेश गर्ने तत्कालिन नेकपा माओवादीका केन्द्रीय सदस्य द्वय मित्रसेन योन्जन र राम न्यौपाने र राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष डिआर लिम्बूले बोलेका थिए ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…