धुलाबारी, पुस ३। नेपाल विद्यार्थी संघ मेचीनगरको अध्यक्षमा रोशन खड्का निर्वाचित भएका छन् । मंगलवार झापाको धुलावारीमा सम्पन्न भेलाले खड्कालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । नेवी संघको केन्द्रिय विधान अनुसार मेचीनगरमा नेवि संघको नयाँ समिति गठन भएको छ ।
नव गठित समितिको सचिवमा रुपक पराजुली र कोषाध्यक्षमा निकिता थापा मगर तथा सदस्यहरुमा नविन खतिवडा, पुञ्जन गुरागाई, सुस्मिता लिम्ब’, प्रेमिका दनुवार, प्रतिक्षा कटुवाल, दिपिका वस्नेत, दुर्गा खड्का र सुरज राई सर्वसम्मत चयन भएका छन् . बाँकी रहेको उपाध्यक्ष र सहसचिव र सदस्य पदहरुमा वैठकले पछि मनोनित गरिने जनाइएको छ ।
नेवि संघका क्षेत्रीय सभापति असोक राईको सभापतित्व तथा नेपाली काँग्रेस झापाका सचिव प्रेम सम्बाहाम्फेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा काँग्रेसका जिल्ला सदस्यहरु पुष्पराज पौडेल, टेकबहादुर लिम्बु, सुदय पनेरु, क्षेत्रीय सभापति मणिकुमार उप्रेती, मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकी, तरुण दलका मेचीनगर अध्यक्ष विशाल तामाङ, नगर सचिव मनोज घिमिरे, नेवि संघ झापाका पूर्व सभापति नारायण गिरीलगायतले बोलेका थिए । नेवि संघका क्षेत्रीय सचिव सुरज सुवेदीको स्वागत र जिल्ला सदस्य प्रकाश खड्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।