• कात्तिक २७, २०७४ ठमाडौँ ।

    रसियाका किर्तिमानी बेस जम्पर भालेरी रोजोभको नेपालमा रहेको आमा डब्लम हिमालबाट हामफाल्ने क्रममा निधन भएको छ ।
    ५२ वर्षीय रोजोभ सात महादेशका सात अग्ला हिमालबाट हामफाल्ने योजनामा थिए ।

    यो अभियानको आयोजना गर्ने सेभेन समिट क्लबका मिङ्मा गेलु शेर्पाले भने, ‘उनले हिमालबाट हामफाले पनि हिमालको भित्तामा ठोक्किए । उनको घटनास्थलमा नै मृत्यु भयो ।’

    उनको शव काठमाडौँ ल्याई सकिएको पनि उनले जानकारी दिए ।

    यस अभियानको प्रायोजन गर्ने रेडबुलले विज्ञप्ति जारी गर्दै रोजोभको निधनप्रति शोक प्रकट गरेको छ । विज्ञप्तिमा रोजोभ सन् २००४ देखि रेड बुलसँग आबद्ध भएको पनि उल्लेख गरिएको छ ।

    सन् २०१३ मा सगरमाथाबाट हाम फाल्दै उनले नयाँ विश्व किर्तिमान बनाएका थिए । त्यतिबेला उनले विङसुटको प्रयोग गरेर सगरमाथामा ७,२२० मिटर उचाइँमा रहेको चाङस्ते चुचुरोबाट हाम फालेका थिए ।



    त्यसको तीन वर्षपछि चो ओयु हिमालमा ७,७०० मिटरको उचाइँबाट हाम फालेर आफ्नै किर्तिमान भंग गरेका थिए ।

सम्वन्धित समाचार

 इलाम, १७ फागुन :  इलामको माइजोमाई गाउँपालिका–५ तुम्लिङ पुग्नुभएका टीकाराम बाँस्तोलाला…

ढोरपाटन (बागलुङ), १५ फागुन : बागलुङ र म्याग्दी जिल्लाको सिमाना रहेको सोलेडाँडामा तमानखोला गाउँपालिका र…

 ढोरपाटन (बागलुङ), १ फागुन : बागलुङको गलकोट नगरपालिका–११ मा रहेको उदय रिघा बुद्ध विहारलाई…

 काठमाडौँ, १९ माघ : हरेक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने ‘विश्व सिमसार दिवस’ यस वर्ष &…