• बेलवारी २३ पौष
    मोरङको बेलवारी ११ लक्ष्मीमार्ग स्थीत आइतवार नेपाली कांग्रेस बेलवारी ११ नम्वर वडा कार्यसमितिको आयोजनामा भएको पार्टि प्रवेश कार्यक्रममा नेकपा लगागत अन्य पार्टिहरुवाट एक सय बिस जना युवाहरुले पार्टि प्रवेश गरेका छन् ।
    उक्त कार्यक्रममा महासमिति सदस्य बसन्त भटराईको प्रमुख आतिथीका रुपमा त्यसैगरी गत निर्वाचनमा प्रतिनिधि सभाका उमेद्वार डा. सुनिल कु. शर्मा र प्रदेश सभाका उमेदवार ललित कु. श्रेष्ठ लगायतको उपस्थीतिमा मा भएको थियो । निक्कै उत्साहित रुपमा प्रवेश भएका युवाहरु मध्येकी एक कविता गुरुङले नेकपा झुटको खेती र भ्रमात्मक कुराहरु गर्ने तर कामको माखो नमार्ने गरेको बताइन् । निर्वाचन पश्चात पनि आफ्नो क्षेत्रमा उत्तिकै सकृय डा. सुनिल शर्माले आफ्नो क्षेत्रका कुनै पनि जनताले औषधि उपचार अभावमा ज्यान गुमाउनु नपर्ने बताए । कार्यक्रममा कांगे्रसका जिल्ला संगठन बिभाग प्रमुख मान बहादुर लिम्बु, जिल्ला सदस्य राज कुमार लिम्बु, युवा नेताहरु छत्र लिम्बु, ज्ञानुराज राई, बिक्रम राई लगायतको उपस्थीती रहेको थियो । वडा सभपति लोक बहादुर बस्नेतको सभापतित्वमा भएको युवा नेता जितेन्द्र न्यौपानेले सञ्चालन गरेका थिए ।

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…