• नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेत्र विक्रम चन्द ‘विप्लव’ लाई व्यङ्ग गरेका छन्। उम्मेद्वारहरु माथि पछिल्लो समय भएको आक्रमणमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी संलग्न रहेको सुरक्षा रिपोर्ट आइरहँदा ओलीले विप्लवलाई व्यङ्ग गरेका हुन्। उनले सत्तारुढ दलको योजनामा विप्लव ‘सिखण्डी’बनेको बताए।

    ‘विप्लव भाइलाई म अलिकति सम्झाउन चाहान्छु। युवा छौ, बलिया छौ। बाटो नभएको ठाउँबाट एउटा बिरामी काँधमा बोकेर अस्पताल पुर्‍याइदियौ भने तिमीले जिन्दगरीभरी गरेको भन्दा ठूलो काम हुन्छ बाबु।’

    ओलीले सरकारसँग मिलेमतोमा विप्लव परिचालित भएको आरोप लगाए। ‘कहाँ अर्काका लागि सिखण्डी भएका छौ ड्याङ ड्याङ डुङ डुङ गरेका छौ बेकार’, ओलीले भने, ‘विप्लव.. ती भाइलाई मेरो सुझाव छ, यो गलत बाटो छाड्देउ। कहाँ पुग्न हिँडेको।’

    उनले महाकवी लक्ष्मीप्रसाद देवकोटाको कविताको प्रसङ्ग उप्काएर समेत विप्लवलाई व्यङ्ग गरे।

    ‘म लक्ष्मीप्रसाद देवकोटाको कविता सम्झन्छु, कहाँ हिँडेको विप्लव, कहाँ पुग्न हिँडेको?’

    उनले दोहोर्‍याएर विप्लवलाई ‘बलिष्ठ शरिरले डोकामा नाम्लो लगाएर बिरामी अस्पताल पुर्‍याउन’ सुझाव दिए। ‘त्यसो भयो भने विप्लव हाइ हाइ हुन्छ।’

    ओलीले थप व्यङ्ग गरे काटमार गर्ने भए ‘बुचर हाउस’ खोले हुन्छ।

    ‘कोही तर्साएको छ। कोही मराएको छ। आफ्ना निम्ती हो अरुका निम्ती। वाण अर्काले चलाउँछ सिखण्डी बनाइदिएको छ’, उनले भने, ‘म उहाँलाई सुझाव दिन्छु धेरै काटमार गर्ने मन भए बुचर हाउस खोलेहुन्छ। यत्रो राजनीतिक अभियानमा देश लागेको छ। तपाँइ आजको राजनीतिमा आउनुस्, जनतालाई आतंकित बनाउने।’

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…