गोपाल पोखरेल
विराटनगर÷तरुणदल मोरङका कोषध्यक्ष अनिल लक्षमी रिजालले पिता मदनप्रसाद र माता यम कुमारीको नाममा एक लाख एघार हजार एक सय ११ रुपैया दान गरेका छन ।
परोपकार अभियान समुहले विराटनगर ३ ले आफ्नै सामुदाियक भवनको प्राङणमा आयोजनागरेको श्रीमद भागवत ज्ञान महायज्ञमा आफ्ना पिता र मताको नाममा उक्त रकम दान गरेका हुन ।
कोषध्यक्ष रिजालले भने,‘ पित्रीको उद्दारका साथै सामाजीक सेवाकालागी मैले रकम दान गरेको हुँ,‘ । रिजाल समाज सेवामा सक्रिय छन । उनले रोटरी क्लब मार्फत धेरै ठाँउमा सेवा गरिसकेका छन ।
परोपकार अभियान समुहले आयोजनागरेको उक्त पुराणबाट सबै खर्च कटाएर १ करोड ५० रुपैया बच्ने नागरिक अगुवा दधिराज सुवेदीको भनाई छ । बाबुराम न्यौपानेको अध्यक्षता र अभियान समुहको नेतृत्वमा भएको उक्त पुराणबाट उठेको रकमको व्याजबाट परोपकार अभियान समुहले संञ्चालनगरेको पोरोपकार घाट, सामुदायिक भवन, पुस्तकालय, जेष्ठ नगरिक सेवाकेन्द्र संञ्चालन तथा सरसफाईकालागी प्रयोग हुने छ