• नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा माेरङ क्षेत्र नं.२ का सांसद डा.मिनेन्द्र रिजालले दलित ,जनजाति तथा मधेसी जातिलाई सबै तह र तप्कामा प्रतिनिधित्व गराउने एक मात्र पार्टी नेपाली काग्रेस रहेकाे दाबी गर्नु भएकाे छ । हिजाे माेरङ २ काे क्षेत्रिय कार्यलयमा अायाेजित नेपाली काग्रेसकाे भातृसंगठन नेपाल दलित संघकाे ५ अाै क्षेत्रिय अधिबेशनलाई सम्बाेधन गर्दै साे कुरा दाबी गर्नु भयाे । उहाँले अरू जातिकाे भए याे कार्यऋममा उपस्थित हुने थिईन हाेला तर दलितकाे भएर नै काठमाण्डाैबाट कार्यऋममा अाएकाे बताउनु भयाे । उहाँले भन्नु भयाे-हाम्राे पार्टीले सबै जातीलाई अघि बढाएर
    उनीहरूमा अामुल परिवर्तन ल्याउछ । उहाँले दलितहरूले शिक्षा,स्वास्थ्य तथा ब्यबहारमा सुधार गर्नुपर्ने बताउनु भयाे । रतुवामाई नगरपालिकाका मेयर रबिन राईले दलितहरू सामाजिक,राजनैतिक,अार्थिक समस्याबाट ग्रसित भएकाले उनीहरूकाे चाैतर्फी बिकासकाे लागि पार्टीले सक्दाे सहयाेग गर्ने बताउनु भयाे ।

    दलित संघको अधिबेशनले नयाँ कार्य समिति चयन गर्न सकेन



    नेपाली काग्रेसकाे भातृसंगठन नेपाल दलित संघकाे ५ अाै क्षेत्रिय अधिबेशनले हिजाे सर्बसम्मतबाट नयाँ क्षेत्रिय कार्य समिति चयन गर्न सकेन । नयाँ क्षेत्रिय कार्य समितिकाे अध्यक्ष पदका दाबेदार रतुवामाई नगरपालिकाका थर्क बहादुर बिश्वकर्मा र सुनबर्षी नगरपालिकाका राजेन्द्र ऋषिदेव बीच सहमति हुन नसक्दा समिति चयन हुन नसकेकाे हाे । बन्द सत्रमा हिजाे साँझ सम्म दुवैजना लाई सहमति गराउन पहल गरिएपनि सहमति हुन सकेन । सुनबर्षीका ऋषिदेवले कि निर्बाचन गर्नु पर्ने कि अाफुलाई सर्बसम्मतबाट अध्यक्ष नदिए समितिमा अाफु नबस्ने भन्दै बन्दसत्रबाट बाहिरिएका थिए । समिति गठन हुन नसकेपछि समिति निर्माणका लागी गठित निर्बाचन समितिले पार्टीलाई जिम्मा लगाएर बन्दसत्र स्थगित गरेकाे थियाे ।








    Image may contain: one or more people and outdoor






सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…