• रातो कलम /

    नयाँ बर्ष २०७६ सालको पावन अबसरमा अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखा” द्वारा नेपालीहरुको नयाँ वर्ष २०७६ सालको पवन अवसरमा “नयाँ वर्ष सांगीतिक धमका २०७६” कार्यक्रम अप्रिल १२ तारिख शुक्रबारका दिन आयोजना गर्ने भएको छ ।

    उक्त कार्यक्रमलाई भव्य र सब्य बनाउनको लागि नेपालबाट आमन्त्रित ख्यातिप्राप्त गायक राजेश पायल राई साथै कुशल थलंगको मनमोहक प्रस्तुतिले मनोरञ्जन गराउनुका साथै अन्तराष्ट्रिय कलाकार मंचका कलाकारहरुको बेजोड प्रस्तुति रहने कुरा आयोजकले जनाएको छ साथै सोहि अवसरमा सबै नेपाली एकै ठाँउमा परिवारीक सद्भाव कायम राख्दै एक आपसमा शुभकामना आदन – प्रदान गर्नुका साथै कार्यक्रममा रम्न र रमाउन, इजरायलमा कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु, विभिन्न बिधाका कलाकारहरु, कला प्रेमिहरुमा उपस्थितिको लागि अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल (शाखा ) परिवारको तर्फबाट हार्दिक निमन्त्रणा गरिएको कुरा अध्यक्ष पेमा लामाले जानकारी दिनु भयो ।

    कार्यक्रमबाट भएको मुनाफा सतप्रतिशत डक्टर महाविर पुन द्वारा संचालित "राष्ट्रिय आविष्कार केन्द्र" लाई सहयोग गरिने भएको छ | नेपाली इन्जिनियरहरुलाई नेपाल मै रोजगारीको ब्यबस्था र नेपालमा पनि प्रबिधिको बिकास संगसंगै देश हामी समृध्दि बनाउन हामी नै अघि बढ्नु पर्छ भन्ने उदेश्यले सुरु गरिएको राष्ट्रिय आविष्कार केन्द्र देश तथा बिदेशमा रहनु हुने नेपालीहरु द्वारा सहयोग जुट्दै ड्रोन मार्फत बिकट गाउँको स्वास्थ केन्द्रहरुमा छिटो र सरल तरिकाले आबस्यक औषधी पुर्याउन प्रयोग गरिएको परिक्षण सफल भइसकेको र उक्त कार्यलाई साथ दिने कलाकार मंचले निर्णय गरेको छ |

    आयोजक संस्थाले इजरायलमा रहि विभिन्न उदेश्यले खोलिएका साहित्यिक, सामाजिक, राजनीतिक तथा विभिन्न संघ-संस्था/संगठनका प्रतिनिधिवर्गहरु साथै इजरायलबाट संचालनमा रहेका मिडियाकर्मी मित्रहरूमा, कार्यक्रममा उपस्थित भइ प्रत्यक्ष,अप्रत्यक्ष रुपमा आ-आफ्नो ठाउँबाट सहयोग गरिदिनको लागि आयोजक सस्थाले हार्दिक अनुरोध समेत गरेको छ I

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…