• दमक । सङ्घीय लोकतान्त्रिक ट्रेड युनियन महासंघको कनकाई नगर समिति गठन भएको छ । शनिबार आयोजित एक भेलाले उपेन्द्र घिमिरेको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो । समितिका उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश: अविनारायण घिमिरे, उमाकान्त ढकाल, राजकुमार श्रेष्ठ र दिवेश पन्डित चयन भएका छन् । त्यस्तै सदस्यहरुमा तुलसी बिमली, सन्जिव गौतम, लयप्रसाद चिमरिया र राजन भट्टाराई चयन भएका महासंघका केन्द्रीय सदस्य एवम् १ नम्बर प्रदेश उपाध्यक्ष अनिल लामाले जानकारी दिए । भेलामा सङ्घीय समाजवादी फोरम, नेपाल झापा जिल्ला अध्यक्ष धिरेन सुब्बा लावती, ट्रेडयुनियन महासंघ दमकका अध्यक्ष मिलन गिरी लगायतको उपस्थिति रहेको थियो ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…