काठमाडौं । सेञ्चुरी कमर्शियल बैङ्क लिमिटेडले अल्पाइन डेभलपमेण्ट बैङ्क र सेती फाइनान्सलाई प्राप्ति गरेपछि एकिकृत कारोबार मङ्सिर २४ गतेदेखि शुरु हुने भएको छ ।
तीन कम्पनीको छुट्टाछुट्टै बसेको साधारण सभाले पारित गरेपछि एकिकृत कारोबार गर्न नेपाल राष्ट्र बैङ्कले मङ्सिर ४ गते अन्तिम स्वीकृति दिएको थियो ।
एकिकृत कारोबार गर्नको लागि मङ्सिर २२ गते बैङ्कको सेवा सुविधा बन्द गर्ने जानकारी दिएको छ ।