• १५ मंङ्सिर २०७४ रौतहट ।

    गएराति रौतहटको गरुडा रौतहट महमदपुरमा राजपाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा बालकसहित पाँचजना घाइते भएका छन् । झडपमा प्रहरीतर्फ पनि घाइते भएको भनिए पनि संख्या खुलाइएको छैन । घाइतेहरुको चपुर, गरुडा र गौरका अस्पतालहरुमा उपचार भइरहेको छ ।

    मधेस आन्दोलनका दृष्यहरु प्रोजेक्टरको माध्यमबाट देखाउँदै राजपाले चुनाव प्रचार गरिरहेको बेला प्रहरीले हस्तक्षेप गरेर रोक्न खोज्दा झडप भएको हो । मधेसवादी दलका कार्यकर्ताले प्रहरीलाई घेरा हालेका थिए ।

    प्रहरीलाई मधेसवादी दलले घेरा हालेपछि प्रहरीले हवाई फायर र टियर ग्यास प्रहार गरेको थियो । ५० राउन्ड हवाइ फायर गरेको दावी स्थानीयले गरेपनि करिब २० राउण्ड हवाइ फायर भएको प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…