• उर्लाबारी, १० फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उर्लाबारी नगर कमिटिको आयोजनामा आज उर्लाबारीमा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।
    उर्लाबारी – ५ स्थित हाम्रो साकोसको सभाहलमा भएको भेलामा नगरभित्रका दुई सय बढी अगुवा कार्यकर्ताको उपस्थिति रहेको थियो । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथी नेकपाका प्रदेश कमिटी सहसंयोजक सावित्रीकुमार काफ्लेले कम्युनिष्ट एकता भत्काउन काँग्रेसको नेतृत्वमा एउटा शक्ति लागिपरेको आरोप लगाउनुभएको छ ।

    नेपालमा कम्युनिष्ट पार्टीको एकता र त्यसपछिको निर्वाचनमा आएको बहुमतबाट कम्युनिष्ट विरोधीहरु अत्तालिएको चर्चा गर्दै उहाँले अनेकौँ षड्यन्त्रहरुलाई चिर्दै कम्युनिष्ट एकतालाई सफल पारेरै छाड्ने उद्घोष गर्नुभयो । सहसंयोजक काफ्लेले प्रमुख प्रतिपक्षी दल काँग्रेस अहिले राजनीतिक एजेण्डा बिहिन रहेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो – काँग्रेस राजनीतिक एजेण्डा बिहिन भएकै कारण कहिले निर्मला पन्त, गोविन्द केसी त कहिले पशुपति शर्माको एजेण्डा बोकेर हिडिरहेको छ ।

    उहाँले नेकपाअब नयाँ कार्यनिति, नयाँ कार्यदिशा र नयाँ एजेण्डाका साथ हिड्ने उद्घोष गर्नुभयो । वर्तमान केपी ओली नेतृत्वको सरकारलाई ब्युरोक्रेसीहरुले सहयोग नगरेका कारण यो अवस्था आएकाले विपक्षीको भ्रममा नपर्न कार्यकर्ताहरुलाई सहसंयोजक काफ्लेले आग्रह गर्नुभयो । नेकपा नेतृत्वका सरकार पाँच वर्षसम्म सञ्चालन हुने भएकाले देशको विकाश र समृद्धिका लागि अडिग रहेको उहाँले बताउनुभयो ।

    भेलामा पार्टीका जिल्ला संयोजक ऋषिकेश पोख्रेल, केन्द्रीय सदस्य गोपी अछामी, प्रदेश सांसद् कुलप्रसाद साम्बा लिम्बु (कुशल), प्रदेश सदस्य वलबहादुर घिसिङ, जिल्ला नेता मानबहादुर श्रेष्ठ, युवा नेता पर्शुराम बस्नेत लगायतले कार्यकर्ताहरुसमक्ष प्रशिक्षण मन्तव्य राख्नुभएको थियो । भेलामा जिल्ला नेता रुपेश खतिवडाले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो उर्लाबारी नगर संयोजक अग्नी भट्टराईले स्वागत मन्तव्य र सहसंयोजक पदम राईले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…