१७ मङ्सिर (आइतबार ) २०७४ रातोकलम सम्बादाता
झोल म:म नेपालको सबै भन्दा बढी खपत हुने खाना हो । अमेरिकाको के.एफ. सी. चीनको नूडल्स इन्डियाको परौठा जस्तै नेपालको म:म उतिकै लोकप्रिय छ । तर नेपालको गल्लीगल्ली र यत्र तत्र पाइने म:ममा यसको स्वाद र गुणस्तर भने एकै खालको पाइन्न । केही म:मका पारखीहरुको सुचना पाए पछि म रातोपुल नजिकैको झोल म:म पुगेको थिएं । चर्चा गरे जस्तै सरसफाई , पारदर्शी चुलो , बाँसद्धारा निर्मित आनन्ददायक वातावरण र झोल म:म: को अनुपम मीठो स्वाद त्यहांको विशेष आकर्षण रहेछ । १० बर्ष जनयुद्धमा सरिक भै अन्तिममा पार्टीले लिएको आत्म समर्पणवादी नितीको कारण असंतुष्ट भै २०६२ मा पार्टी परित्याग गरी बिदेशिएका मुलपानीमा स्थायी बसोबास गर्ने नबराज ढकाल १२ बर्ष पछि नेपाल फर्केर बिदेसमा बटुलेका अनुभवलाई सिर्जानात्मक तरिकाले यहां आएर ब्यबहारिक प्रयोगमा तल्लीन छन । होटल म्यानेजमेन्ट पढ्दै गरेका दुई छोराहरुलाई लिएर झोल म:म: लाई नेपालको उत्कृट ब्रान्ड बनाउने लक्ष्य लिएका परिश्रमी ढकालको लागि निश्चल र विशाल नाम गरेका छोराहरु नै सबथोक हुन र उनिहरुलाई परिश्रमी बनाई सहि संस्कार दिने उनको अठोटको आत्मविश्वास उनको आंखामा प्रस्टै झल्किन्थ्यो । छरछिमेक चिनेजानेका सबैले यो कलिलो उमेरमै रेस्टुरेन्ट संचालनमा जिम्मेवार र निपूर्ण उनका छोराहरुको सबैले उदाहरणको रुपमा लिने गरेकोले आफुलाई अझै उत्प्रेरणा मिलेको बतांउंछन नबराज ढकाल । त्यहांको म:म भन्दा मीठो छ कर्मचारी र ब्यवस्थापनको आत्मियता । झोल म:मलाई ब्रान्ड बनाई एक बर्ष आफू संग बिताएको कुनै पनि कर्मचारीले यसको शाखा खोल्न चाहेमा ५०% लगानी आफ्नो तर्फबाट र कर्मचारीको तर्फबाट ५०% लगानी गरी हरेक कर्मचारीलाई ब्यवसायी बनाउने उनको सपना छ ।
म:म बाहेक यहां धुवां रहित भट्टिमा पोलेको सेकुवा, पोलेको म:म नेवारी खाजा लगायत अन्य रेस्टुरेन्टमा पाइने जस्तै विभिन्न परिकार आसपासको रेस्टुरेन्टमा भन्दा सस्तो र मीठो पाइन्छ । नजिकैका अफिस घर र ब्यवसाय गर्ने १०० भन्दा बढी उनका नियमित ग्राहक हुन् । झोल म:म खाए पछि ग्राहकहरु खुलेरै प्रशंसा गर्छन जस्को कारण अझै स्वादिलो सफा र चुस्त स्वादको लागि ग्राहकबाट आफुलाई सन्तुस्ट मिलेको बतांउछन JMC रेस्टुरेन्टका संचालक ढकाल।
विभिन्न बिशेषताको कारण सबैको आकर्षणको केन्द्रमा रहेको JMC रेस्टुरेन्ट १० पटक म:म खाए पछि एक प्लेट म:म सितैंमा पाउने कुपन पनि ग्राहकको लागि अर्को आकर्षणको रुपमा लिन सकिन्छ ।
गत मंसिर १ गते पहिलो बार्षिकी मनाएको झोल म:मको व्यापार भने दैनिक ३० देखि ४० हजार सम्मको हुनु यो निकै नै ठूलो उपलब्धि मान्न सकिन्छ । नमीठो लागे हामीलाई भन्नुहोस मीठो लागे साथिलाई भन्नुहोस भन्ने JMC को नाराले ब्यवस्थापनको आत्म बिस्वास छर्लङ्ग देखाउंछ।
हंसिला कर्मचारी, पोसिलो र स्वादिको खाना, शान्त बस्ने ठाउँ र छिटो छरितो सेवा सम्पुर्ण कुराले परिपूर्ण JMC ले आफ्नो यो फरकपन सधैं कायम राखोस प्रगतिको शुभकामना।