• १९ मङ्सिर ,मंगलबार,२०७४

    निर्वाचनमा सुरक्षा चुनौति देखिएको भन्दै पश्चिमाञ्चल क्षेत्रबाट १ सय २४ जना पक्राउ परेका छन् । निर्वाचन विरोधी क्रियाकलापमा संलग्न र हतियारसहित डर पैदान गर्ने काम गरेको भन्दै पश्चिमाञ्चल क्षेत्रबाट उनीहरु पक्राउ परेका हुन् ।

    पक्राउ पर्ने अधिकांशमा विप्लव नेतादेखि स्थानीय कार्यकर्तासम्म छन् । पक्राउ परेका व्यक्तिहरुमाथि अनुसन्धान भइरहेको पश्चिमाञ्चल क्षेत्रीय सुरक्षा समितिले जनाएको छ ।

    पश्चिमाञ्चलका धेरै ठाउँमा पहिलो र दोस्रो चरणको निर्वाचनमा बम बिस्पोटदेखि थर्काउने धम्काउनेसम्मका गतिविधि भएका छन् ।

    केही दिनअघिमात्र तनहुँ क्षेत्र नम्बर २ को प्रदेश सभा १ उम्मेदवार प्रदीप पौडेलको घरमा बम प्रहार भएको थियो भने कास्की क्षेञ नम्बर २ को प्रदेश सभा २ का कांग्रेस उम्मेदवार विन्दुकुमार थापा घर नजिकै राखिएको बम नेपाली सेनाले डिस्पोज गरेको थियो ।

    सोमबार मात्रै तनहुँमा ४ वटा पेस्तोल र ठूलो परिणाममा त्यसमा लाग्ने गोलीसहित ३ जना युवालाई पक्राउ गरिएको थियो । निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको आशंका उनीहरुमाथि नरहे पनि हतियारसहित पक्राउ पर्नुलाई सामान्य रुपमा लिन नहुने प्रहरी बताउँछ ।

    पहिलो चरणमा निर्वाचन भएका जिल्लाबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न व्यक्ति समातिएका थिए भने अहिले दोस्रो चरणको निर्वाचन हुने जिल्लामा निगरानी बढाउँदै त्यस्ता व्यक्तिलाई नियन्त्रणमा लिने काम सुरक्षाकर्मीले गरिरहेका छन् ।

    सीमावर्ती जिल्लामा अन्तरदेशीय बैठक गरेर सुरक्षामा समन्वयको व्यवस्था मिलाएको पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले जानकारी दिए ।

    ‘निर्वाचनमा सहभागी दल र उम्मेदवारसँग निरन्तर सम्पर्कमा रहेर सुरक्षा समन्वय गरेका छौं,’ क्षेत्रीय प्रशासक अर्यालले भने, ‘सुरक्षा जाँच बढाइएको छ । सबै सुरक्षा निकायबाट गस्ती एवं पेट्रोलिङ र आवश्यकता अनुसार हवाई गस्तीसमेत भइरहेका छन् ।’

    पश्चिमाञ्चल क्षेत्र अन्तर्गत प्रदेश नं. ४ का ५ जिल्लाहरु तनहुँ, स्याङ्जा, कास्की, पर्वत, नवलपरासी (सुस्ता पूर्व) र प्रदेश नं. ५ का ६ जिल्लाहरु पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु र नवलपरासी (सुस्ता पश्चिम) मा २१ मंसिरमा निर्वाचन हुँदैछ ।

    उक्त जिल्लाहरुमा जिल्ला स्तरीय सुरक्षा संयन्त्र मार्फत निर्वाचन सुरक्षा कडा बनाएको समेत क्षेत्रीय प्रशासक अर्यालले बताए ।

    निर्वाचन सुरक्षाका लागि प्रदेश नं. ४ का ५ जिल्लामा १४ हजार २ सय २८ जना र प्रदेश नं. ५ को ६ जिल्लामा २१ हजार १ सय १९ जना गरी ३५ हजार ३ सय ७७ जना सुरक्षाकर्मी परिचालन भएका छन् ।

    सुरक्षा चुनौतिलाई मध्यनजर गर्दै सुरक्षाकर्मीको थपघट गरिने क्षेत्रीय सुरक्षा समितिले जनाएको छ ।

    भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न कुनै कसर बाँकी नराखेको क्षेत्रीय प्रशासक अर्याल बताउँछन् ।






सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरेमा जारी प्रथम वडा अध्यक्ष भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको आज भएको खेलमा केरा…

मोरङ । मोरङको पथरी शनिश्चरे वडा नं ३ आइतबारेमा आज महिला जागरुक हरिकिर्तन समूह र सङ्गीनी समूहको संयुक्त …

मोरङ । साहारा भेट्रान एफसीलाई १—३ गोल अन्तरले पराजित गर्दै विराट भेट्रान बिराटचोक मोरङको पथरीशनिश्…

मोरङ । कोशी नाम खारेजी र पहिचानको आधारमा पुन नामकरणको आन्दोलनमा डेढ बर्षदेखि जेलमा रहेका हस्ताबहादुर ल…