झापा ।सामाजिक सञ्जालमा जोडिँदै आएका लिम्बुवानवादी युवाको जमातले ‘लिम्बुवान स्प्रिङ आन्दोलन’ को घोषणा गरेको छ । लिम्बुवान विरोधी गतिविधि बढेकाले प्रतिरोधका लागि आन्दोलन घोषणा गर्नुपरेको उनीहरूले बताएका छन् ।
एक अभियान्ता भन्नुहुन्छ "लिम्बुवान स्प्रिङ आन्दोलन घोषणा भएको ४८ घन्टा नबित्दै हजारौं हजार सामाजिक सन्जालमा समर्थहरु बढिरहेका छन " साथै अभियान्ता हरुले लिम्बुवान विरोधीहरू सहितको चुम्लुङ बैठक अस्विकार गरौँ भन्दै सामाजिक संजालमा एक फोटो सार्वजनिक गरेका छन् ।
उक्त तस्बिर मा "लिम्बुवानी माटो र लिम्बुवानी जनताको अपमान गर्ने प्रदेश नं. १ को आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो को शसक्त बिरोध र बहिस्कार गरौ तथा लिम्बुवान विरोधीहरू सहितको चुम्लुङ बैठक अस्विकार गरौ" भनिएको छ ।