• काठमाडौं । नेपालभर डा. खेम कार्की यौन रोगीहरुका लागी एकदमैं प्रख्यात नाम हो । उहाँले पछिल्लो समय धेरैको ज्ञिसाको विषय बन्दैं गरेको हस्तमैथुनबारे केही कुराहरु राख्नु भएको छ । हस्तमैथुन भन्नाले हातले अथवा केही साधन प्रयोग गरेर, यौनाङ्ग चलाएर, हल्लाएर वा खेलाएर यौन सन्तुष्टि प्राप्त गर्ने विधि हो । यसलाई यौन आनन्द प्राप्त गर्ने एउटा अति नै सुरक्षित यौनक्रियाकलाप पनि भन्न सकिन्छ ।

    पुरुषले आफ्नो लिङ्गलाई हातले बिस्तारै घर्षण गरेर वीर्य स्खलन गर्छन् भने महिलाले पनि योनीको भगाङ्कुर खेलाएर आनन्द लिन्छन् । कसै कसैले विभिन्न किसिमका साधन वा कृतिम यौनाङ्गहरू प्रयोग गरेर पनि हस्तमैथुन गर्ने गर्दछन् । त्यसैले यसलाई एक सुरक्षित यौन व्यवहार हो भन्न सकिन्छ । हस्तमैथुनका सम्बन्धमा हाम्रो समाजमा बिभिन्न भ्रमहरू रहेको पाइन्छ ।

    हस्तमैथुन गरेमा मुखमा दाग आउने, आँखाको दृष्टि कमजोर हुने, नपुंसक हुने, विवाहपश्चात् आफ्नो यौन साथीलाई सन्तुष्टि दिन नसक्ने, लिङ्ग बाङ्गो हुने, शीघ्र स्खलन हुने आदि धेरै कुराहरु रहेका छन् । यी सबै कुराहरूमा विश्वास नगर्नुहोस किनभने यो सबैं भ्रमहरु हुन् । यी कुराहरुमा कुनै सत्यता छैन । बरु हस्तमैथुनले यौन इच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाई यौन अपराधलाई कम गर्नसमेत सहयोग पुग्छ ।

    त्यसैगरी हस्तमैथुनले अनावश्यक गर्भधारण, यौन–व्यवसायीसँगको यौन सम्बन्ध र यीनमा हुने खर्च तथा एचआइभी तथा अन्य यौन रोगहरू लाग्नबाट बच्न पनि मद्दत पुर्याउँदछ । पुरुषहरूमा हुने प्रोस्टेट ग्रन्थिको क्यान्सर हुने सम्भावना पनि हस्तमैथुन गर्ने मानिसमा कम हुन्छ भन्ने कुरा विभिन्न अध्ययनले देखाएको छ । हस्तमैथुन गरेर बीर्य सकिंदैन र नगर्दा भण्डारण भएर बस्ने पनि गर्दैन् । यो प्राकृतिक रुपमा शरीरमा बनिरहन्छ र स्खलन पनि भैरहन्छ, त्यसैंले यसमा कुनैं पिर मान्न आवश्यक छैन । नेपाल हेल्थको सहयोगमा तयार पारिएको हो ।

सम्वन्धित समाचार

काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महा…

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…