• शुक्रवार,२२ मङ्सिर ,२०७४

    प्रदेश सभा निर्वाचनका मतगणना कार्यहरु सुचारु हुदैछन र हालसम्म प्राप्त रिपोर्टिङ्ग अनुसारका नतिजा र विजयी उम्मेदवारहरुको बारेमा हालसम्म प्राप्त समाचार अनुसार रुकुम बाट जनार्दन शर्मा र कमला मगरको शानदार विजयीले खाता खोल्दै गैरहेको छ भने हुम्ला बाट दिलिप थापाको सुचना अनुसार माओवादीका बागी उम्मेदवार छक्कबहादुर विजयी भैसक्नुभएको छ।

    काठमाडौँ क्षेत्र नम्बर ४ बाट एमालेका राजन भट्टराइको १२३९ मत र काग्रेसका गगन थापाको हालसम्मको मतगणना अनुसार १०४१ मत प्राप्त भइ राजन भट्टराइले अग्रता लिएका छन्..भने धादिंग १ को क बाट बामगठबन्धनका राजेन्द्रप्रसाद पाण्डे विजयी हुनुभएको समाचार प्राप्त भएको छ।

    त्यसैगरी काठमाडौँ २ मा हालसम्म २३३३ मत गणना भएकोमा एमालेका माधवकुमार नेपालको १०२३ मत,नेपाली काग्रेसका दिपक कुइकेलको ४६९ मत ,त्यसैगरी विवेकशील साझा तर्फका डाक्टर सुर्यराज आचार्यले ४२४ मत प्राप्त गरेका छन।चीतवनबाट प्राप्त समाचार अनुसार १०० मत गणना भएको र माओवादी अध्यक्ष प्रचण्डको ८१ र राप्रपाका विक्रम पाण्डेको १९ मत प्राप्त भै मत गणना जारी रहेको सुचना प्राप्त भएको छ।



     

     

     

     

     

     

     

     

     

    -लक्ष्मण चौलागाई रातोकलम प्रमुख संवाददाता

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…