• शुक्रवार,२२ मङ्सिर ,२०७४

    प्रदेश सभा निर्वाचनका मतगणना कार्यहरु सुचारु हुदैछन र हालसम्म प्राप्त रिपोर्टिङ्ग अनुसारका नतिजा र विजयी उम्मेदवारहरुको बारेमा हालसम्म प्राप्त समाचार अनुसार रुकुम बाट जनार्दन शर्मा र कमला मगरको शानदार विजयीले खाता खोल्दै गैरहेको छ भने हुम्ला बाट दिलिप थापाको सुचना अनुसार माओवादीका बागी उम्मेदवार छक्कबहादुर विजयी भैसक्नुभएको छ।

    काठमाडौँ क्षेत्र नम्बर ४ बाट एमालेका राजन भट्टराइको १२३९ मत र काग्रेसका गगन थापाको हालसम्मको मतगणना अनुसार १०४१ मत प्राप्त भइ राजन भट्टराइले अग्रता लिएका छन्..भने धादिंग १ को क बाट बामगठबन्धनका राजेन्द्रप्रसाद पाण्डे विजयी हुनुभएको समाचार प्राप्त भएको छ।

    त्यसैगरी काठमाडौँ २ मा हालसम्म २३३३ मत गणना भएकोमा एमालेका माधवकुमार नेपालको १०२३ मत,नेपाली काग्रेसका दिपक कुइकेलको ४६९ मत ,त्यसैगरी विवेकशील साझा तर्फका डाक्टर सुर्यराज आचार्यले ४२४ मत प्राप्त गरेका छन।चीतवनबाट प्राप्त समाचार अनुसार १०० मत गणना भएको र माओवादी अध्यक्ष प्रचण्डको ८१ र राप्रपाका विक्रम पाण्डेको १९ मत प्राप्त भै मत गणना जारी रहेको सुचना प्राप्त भएको छ।



     

     

     

     

     

     

     

     

     

    -लक्ष्मण चौलागाई रातोकलम प्रमुख संवाददाता

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…