• चैत ६ गते । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पर्व र संस्कृतिलाई सही ढङ्गले मनाउँदै समाजमा सद्भाव, मेलमिलाप र विश्वास बढाउन सकिएमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र बलियो हुँदै जाने बताउनुभएको छ ।

    उहाँले होलीपर्वको अवसरमा आज प्रदेशवासी जनतामा व्यक्त गर्नुभएको शुभकामना सन्देशमा विविधतायुक्त नेपाली समाजलाई एकतामा बाँध्दै सामाजिक सम्बन्धलाई बलियो बनाउन हाम्रा सांस्कृतिक पर्वले महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्नु भएको छ ।
    नेपालको मौलिक पर्वको रुपमा नेपाली समाजमा स्थापित होलीपर्व अथार्त फागुपूर्णिमा कुनै समुदाय र ठाउँ विशेषमा नभएर होली साझा पर्वको रुपमा स्थापित भइसकेको मुख्यमन्त्री पोखरेलले बताउनुभएको छ । (रासस)

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…