चैत २२,पथरी ।
नेपाल राष्ट्र बैङक बाट “ख” वर्गको वितिय कारोवार गर्न मान्यता प्राप्त कामना सेवा विकास बैंकले पथरीमा आफ्नो ८० औँ शाखा स्थापना गरेको छ
स्थापना सगै उसले आफ्नो दैनिक कारोबार सुरु गरेको छ । बुधबारदेखी बैङकले आफ्नो कारोवार सुरु गरेको हो ।
“ख” वर्गको मान्यता प्राप्त कामनाले पश्चिमी क्षेत्रमा बढि मात्रामा शाखा विस्तार गरिरहेको थियो । पछिल्लो समय कामनाले प्रदेश १ का अधिकांस ठाउँहरुमा हाखाहरु विस्तार गरिरहेको वैंकका प्रदेश १ प्रमुख सुजन छाराहाङले बताए ।
प्रदेश १ को विर्तामोड, दमक, उर्लाबारी र पथरीमा शाखा विस्तार भइसकेको छाराहाङले बताए ।
त्यस्तै विहिबार मोरङको सुन्दरहरैँचामा ८१ औँ शाखाको सुभारम्भ गरेको छ भने इटहरी, धरान, विराटनगर, केराबारी लगाएतका स्थानमा पनि शाखा विस्तार गर्ने भएको छ ।
विशेष गरेर साना मझौला उद्योग व्यावसायलाई प्राथमिकता दिदै आएको बैंकले सरल रुपमा छिटो छरितो कर्जा प्रवाह गर्ने बैंकका कार्यकारी अधिकृत प्रविण बस्नेतले वताए । आगामी वि.स. २०८० सम्ममा देशै सबैभन्दा ठुलो बैंकका रुपमा विकास गरिने बस्नेतको भनाई रहेको छ ।
१२ वर्ष अघि स्थापना भएको यस बैंकमा हाल १५ हजार माथि सेवाग्राहीहरुलाइ ऋण प्रदान गरिएको छ ।
बैङको हाल निक्षेप कर्ता २ लाख ५० हजार भन्दा पनि माथि रहेको जानकारी दिइएको छ ।