थोरै मानिसलाई मात्र आफ्नो मृत्यु नजिकै आएको कुरा थाहा हुन्छ । त्यसैले उनीहरु आफुले जीवनमा गर्न चाहेको काम छिटो गरेर पूरा गर्ने गर्छन् । आफुले गरेर नसकिने भएको खण्डमा आफ्ना आफन्त र नजिकका मानिसलाई उक्त काम गरिदिन आग्रह समेत गर्छन् ।
जीवन र मृत्यु एक निश्चित प्रक्रिया नै हो । वैज्ञानिकहरुले पनि मृत्यलाई जीवन जस्तै एउटा प्रक्रिया नै भएको बताएका छन् । मानव मात्र नभएर संसारकै सम्पूर्ण जीवित प्रजातिहरुको मृत्यु निश्चित नै हुन्छ । जीवन र मृत्यु प्रकृतिको नियम हो ।
यदि कुनै पनि व्यक्तिलाई दीर्घ रोग लागेको छ भने त्यो व्यक्तिले आफुलाई मृत्यु भन्दा केही महिना अगाडि नै समाजिक कार्य र गतिविधिबाट अलग्याउन थाल्छ । यसको मतलव उक्त व्यक्तिलाई केही सामाजिक कार्य, समारोहरुमा कम रुचि हुन थाल्छ ।
युनिभर्सिटी अफ पेन्सिलभेनिया हेल्थ सिस्टममा सैद्धान्तिक हेरविचारकी निर्देशक डाक्टर नीना ओ कोनारले मर्न लागेका मानिस प्रायः आफ्नो परिवार र ती कामहरुलाई बढी महत्व दिने गर्दछन् जुन काम उनीहरु मर्नुभन्दा अगाडि गर्न चाहन्छन् भनेकी छन् । साथै मृत्यु नजिकिँदै गर्दा मानिसलाई धेरै थकाइ लाग्ने गर्दछ । उनीहरुको शरीरमा कम उर्जा प्रवाह हुने भएकाले मृत्यु नजिक भएका मानिसको दिन सुतेर नै बित्ने गर्छ । यदि कुनै पनि व्यक्ति क्यान्सर रोगबाट संक्रमित छन् भने उसकोे शरीरको सबै उर्जा क्यान्सरको कोशिकाले खपत गरिदिन्छ र उसलाई धेरै थकाइ लाग्दछ ।
त्यसै गरी मृत्युको नजिक पुगेका मानिसलाई कम भोक लाग्छ । त्यसैले गर्दा पनि उनीहरु त्यति धेरै खान मन गर्दैनन् । तर हामी मानिसको परम्परागत मान्यता भने बिरामी भएको समयमा धेरै पौष्टिक आहार दिनुपर्दछ भन्ने रहेको छ, जसका कारणले गर्दा बिरामीलाई सुप, फलफुूहरु खान दिने गर्छौ । यो एकदमै गलत रहेको डाक्टर नीना ओ कोनारले बताएकी छन् ।
खासगरी अल्जाइमर रोग लागेका मानिसलाई खाना निल्न र चपाउन पनि गाह्रो हुन्छ । त्यसैले पनि उनीहरु त्यति धेरै खाना खान रुचाउँदैनन् । डाक्टर नीना ओ क्रोनारका अनुुसार उनीहरु प्रायः खाना खानको लागि सक्षम नै हुँदैनन् । तर बिरामीका आफन्तहरु भने मृत्युको नजिक पुगेका बिरामीले खाना नखाइदिँदा दुःखी हुने गर्दछन् । डाक्टर नीना ओ कोनारका अनुुसार तथापि भोक र तौल घट्नु दीर्घकालीन रोग लागेका बिरामीमा हुने मृत्युको प्राकृतिक हानी नै पनि हो ।
कम उर्जाका कारणले गर्दा पनि मृत्यु नजिकिँदै गरेका बिरामीहरुको गति सुस्त हुनुका साथै उनीहरु प्रायः सबै कार्यले कम गति लिने डाक्टर नीना ओ क्रोनारले बताएकी छन् । उनले मृत्युको नजिक पुगेका बिरामीहरुले कुराकानी गर्दा पनि धेरै समय लगाउने बताइन । तर कुनै दुखाई कम गर्ने औषधीले पनि यस्तो गर्न सक्ने उनको भनाई थियो । यी बिरामीमा शारीरिक थकान हुनु स्वभाविक रहेको र थकान कै कारणले गर्दा पनि उनीहरुको क्रियाकलापमा सुस्ती हराएको हुनसक्ने पनि डाक्टर नीना ओ कोनारको भनाई थियो ।
यस्ता खालका विरामीहरुको शरीरमा कम उर्जा हुने भएकै कारणले गर्दा उनीहरु शारीरिक तापमानमा सन्तुलन कायम गर्न पनि निकै कठिन हुने पनि डाक्टर नीना ओ कोनारले बताइन् । यसमा केही सेकेन्डदेखि केही मिनेटको अनियमितता हुने भएकाले परिवारका सदस्यहरुमा यसले डर र चिन्ता पनि थपिदिने गर्दछ । त्यसै गरी मृत्युको पर्खाइमा रहेका बिरामीहरुको श्वासप्रश्वासमा पनि अनियमितता हुने गर्दछ ।
अन्तमा केही व्यक्तिलाई सास फेर्नका लागि पनि निकै नै गाह्रो हुने गर्छ । यस्ता व्यक्तिको छाती र घाँटीमा भएको दुखाई र पीडाका कारण उक्त व्यक्तिलाई खोक्न र केही निल्नको लागि हुने असहजता हुने गर्दछ । यो असहजताले बिरामीलाई कुनै पनि असर नगरे पनि बिरामीका आफन्तहरुलाई भने दुखित बनाइदिने कुरा पनि उनले बताइन् ।
कुनै पनि व्यक्तिको मृत्यु पछि डाक्टरहरुले उसको मृत्यु कारण हृदयसँग सम्बन्धित छ वा मष्तिकसँग सम्बन्धित छ भनेर जाँच्ने पनि उनले बताएकी छन् । जब कुनै पनि मानिसको दिमागले पूर्ण रुपमा काम गर्न छोड्स, तब त्यो मानिसको अस्तित्व एउटा तरकारीको जतिकै हुने पनि उनको भनाइ थियो । मात्र उनीहरु अर्थहिन जीवन बाँचिरहेका हुन्छ जो कानुनी प्रक्रियामा मरिसकेका नै मान्न सकिने पनि डाक्टर नीना ओ क्रोनारको भनाइ थियो ।
खास गरेर मृत्यु दुई प्रकारका हुने गर्दछन्– हृदय र मष्तिक । यद्यपी, मानिसको मृत्यु कसरी भयो यसको कुनै औचित्य नै हुँदैन । अचानक हृदय बन्द भएर मृत्यु भएको होस् वा मष्तिकघातका कारणले गर्दा नै मृत्यु भएको किन नहोस् डाक्टरहरुले अनिवार्य यी दुई जाँच गर्ने गर्छन् ।
तर केही अध्ययनले भने नजिकिँदै गरेको मृत्युको अनुभव साट्नु केवल एक प्रकारको सपना मात्र भएको दाबी समेत गरेको उनको भनाइ थियो । साथै अन्यले मृत्युको अनुभव मष्तिकमा अक्सिजनको कमीका कारणले गर्दा उत्पन्न भएको भ्रम मात्र हो पनि भनेका छन् ।