• झापा– मेची अञ्चल अस्पतालका वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर जयकुमार ठाकुरले आफू मातहतका महिला कर्मचारीमाथि अश्लि शब्द बोलेर दुव्र्यवहार गर्ने गरेको आरोप लागेको छ ।

    बुधवार अपरान्ह अपरेशन थिएटरमा कार्यरत नर्स दिक्षा पौडेललाई काम नगरेको आरोप लगाउँदै अश्लिल शब्द बोलेपछि अस्पतालमा कार्यरत महिला कर्मचारीहरुले डाक्टरमाथि कारवाहीको माग गर्दै अस्पताल घेराउ गरेका छन्।

    दश वर्षदेखि स्त्री रोग विषेशज्ञका रुपमा कार्यरत ठाकुरले विशेष गरी अविवाहित नर्ससँग बोल्दा अमर्यादित शब्दको प्रयोग गर्ने र लान्छना समेत लगाउने गरेको कर्मचारीहरुको आरोप छ । सोही फाँटमा कार्यरत कमला पाठक भन्छिन्, ‘पटक–पटक डा ठाकुरले अश्लिल शब्दहरु प्रयोग गरेर गाली गरेको विषयमा प्रशासनलाई अवगत गराएपनि विभिन्न बहानामा डाक्टर ठाकुरको बचाउ गर्ने गरिएको छ ।’

    उनीसँग काम गर्ने कर्मचारीहरुसँग अश्लिल बोल्ने भएपछि त्यहाँ नर्सहरु उनीसँग काम गर्न नमान्ने गरेको समेत पाठकले बताइन् ।

    यता अस्पताल प्रशासन प्रमुख डाक्टर पिताम्वर ठाकुर भने बुधवारको घटनाका बारेमा आफूलाई जानकारी नभएको बताउँछन् । उनले भने, ‘म बाहिर भएकाले विस्तृत बुझ्न पाएको छैन । तर, केही कुरा सुनेको छु । डाक्टर ठाकुरको गल्ती पाइए प्रशासनिक कारवाही गरिनेछ ।’

    यसै गरी अपशब्द वोलेर अपमानित गर्ने डाक्टर ठाकुरलाई उचित कारवाही नभए गाइनो र सर्जिकल फाँटमा काम ठप्प पार्ने कर्मचारीहरुले बताएका छन् ।

सम्वन्धित समाचार

काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महा…

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…