• दमक । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कम्यूनिष्ट नेतृत्व वर्तमान सरकार पूरै असफल भएको आरोप लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार शुसासन दिन चौतर्फी असफल हुदै गएको उनको भनाई थियो ।

    सोमबार झापाको दमकमा कांग्रेस क्षेत्रीय समितिको नवनिर्मीत कार्यालय भवनको उद्घाटन तथा छ जना पूराना तथा अग्रज कार्यकर्ताहरुलाई सम्मान गर्दे उनले ओली नेतृत्व सरकारवाट जनता आशावादी होइन् आजित हुदै गएको दावी गरे । कम्यूनिष्टहरुले चुनावमा अनेकौं लालच देखाँए पनि सरकारमा आएपछि अहिले गतिलो कुनैकाम गर्न नसकेको उनको भनाई थियो ।
    सरकारको कार्यशैलीले अधिनायकवाद जन्माउने खतरा बढ्ेको दावी गर्दे सभापति देउवाले त्यस्तो कुनै पनि अधिनायकवाद कांग्रेसलाई स्वीकार्य नहुने बताए । उनले स्वतन्त्र प्रेसमाथि अंकुश लगाउन खोजेको, जथाभावी पत्रकार पक्राउ गर्न थालेको, सेना परिचालनको अधिकार प्रधानमन्त्री मातहत ल्याउन खोज्नु अधिनायकवादको संकेत भएका जिकीर गरे । सरकारको कार्यशैलीले द्धन्द जन्माउने खतरा आएको उल्लेख गर्दे उनले कांग्रेस जिम्मेवार संगै शसक्त प्रतिपक्षको भूमिकाबाट नै जनताको पक्षमा ढृणताका साथ उभिने औल्याए ।

    पार्टी विधानअनुसार बाँकी रहेका समितिहरु सबैको सहमतिमै गठन गर्ने स्पष्ट पार्दें सभापति देउवाले पार्टीलाई वलियो कांग्रेस वनाउन खाँचो रहेको औल्याए । कांग्रेसको भविष्य सवै नेता,कार्यकर्तामा रहेको बताउदै उनले अव कांग्रेसलाई वलियो र जनताको कांग्रेस बनाउन जुट्नु पर्ने जोड दिए ।
    कार्यक्रममा कांग्रेस उपसभापति विजयकुमार गच्छदार ,महामन्त्री डाक्टर शंसाक कोइराला, पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौलाले एकैसाथ सरकारको कार्यशैली प्रति कडा आलोचना गरेका थिए । दुई तिहाईको दम्भले ओली नेतृत्वको वर्तमान सरकार संविधानलाई उल्लङघन गर्ने कार्यमा लिप्त हुदै गएकाले त्यसले जनताका उपलव्धिहरु संस्थागत हुन नसक्ने नेताहरुको जोड थियो ।
    त्यस्तै, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, राष्ट्रिय सभाकी सदस्य सरिता प्रसाई,कांग्रेस केन्द्रीय सदस्यहरु भिष्मराज आङ्गदेम्बे, धनराज गुरुङ्ग,पार्टी जिल्ला सभापति उद्धव थापा, प्रतिनिधिसभा सदस्य महेन्द्रकुमारी लिम्बु लगायतले समेत वोलेका थिए ।
    पार्टीका क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका जिल्ला, गाँउ,नगरका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । दमक ५ स्थित उक्त पार्टी कार्यालय भवन करिव रु ३५ लाख रुपैयाको लागतमा एकतले ४ कोठे पक्की भवन निर्माण भएको पार्टीका क्षेत्रीय सचिव भुडेन्द्र खड्काले बताए ।

     

    सोहि कार्यक्रमका बीच दमकका एक जना पूर्व प्रशासक कांग्रेसमा प्रवेश गरेका छन् । लामोसमयसम्म निजमती सेवामा प्रमुख जिल्ला अधिकारी सम्म भएर हालै सेवानिवृत भएका दमक ५ का गणेश अधिकारी कांग्रेसमा प्रवेश गरेका हुन् ।उनलाई कांगे्रस उपसभापति विजयकुमार गच्छदार,महामन्त्री डा.शंसाक कोइरालाले संयुक्त रुपमा पार्टीको सदस्यता दिएका हुन् ।

    सोहि अवसरमा अन्य एकसय जना विभिन्न पार्टीहरु परित्याग गरि कांग्रेसमा प्रवेश गरेका छन् । पार्टी प्रवेशका क्रममा नवप्रवेशीहरुले लोकतन्त्रको संरक्षण र सम्बद्र्धनमा कांग्रेसको दृष्ट्रिकोणबाट प्रभावित भएर कांग्रेसमा प्रवेश गरेका वताएका थिए ।
    यसैगरि कार्यक्रममा भवन निर्माणका लागि जग्गादान गरेर सहयोग पुरयाँउने स्व.खड्गबहादुर थापाको धर्मपत्नी दमयन्ता थापा, प्रजातन्त्र सेनानी स्व. मुगाधन तथा कृष्णकुमारी राईको स्मृतिमा स्थापित मुगाधन कृष्णकुमारी राई स्मृति प्रतिष्ठानसहित २३ जना पार्टी अग्रज कार्यकर्ताहरुलाई समेत सम्मान गरिएको क्षेत्रीय सचिव धर्मानन्द भट्टराईले जानकारी दिए ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…