काठमाडौं – नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट लि. र नेपाल क्रेडिट एण्ड कमर्स बैंक बीच यहि पुस ४ गतेका दिन तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
यस सम्झौता अनुसार एन.बी.आई ले नेपाल क्रेडिट एण्ड कमर्स बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने जनाएको छ । सम्झौता अनुसार नेपाल क्रेडिट एण्ड कमर्स बैंकले नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटबाट रु ५० लाख बराबर रकमको आफ्नो कर्मचारीहरुका लागि वार्षिक तालिम संचालन गराउने भएको छ ।
उक्त सम्भौतापत्रमा नेपाल क्रेडिट एण्ड कमर्स बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बा बीच हस्ताक्षर भएको छ ।