•  

    विराटनगर २४ जेठ । नेपाली कांग्रेस मोरङले कोइराला निवासबाट हटाइएका सुरक्षाकर्मीको तत्कालै युनिट संचालन गर्न ज्ञापन पत्र बुझाएको छ ।
    कांग्रेसका कार्यवाहक सभापति शिवनारायण सिंह गन्गाईको नेतृत्वमा शुक्रवार जिल्ला प्रशासन मोरङ मार्फत कांग्रेसले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।

    प्रजातान्त्रीक आन्दोलनको विरासतका रूपमा रहेको ऐतिहासिक धरोहर कोइराला निवासबाट सरकारले गत बिहीवार सशस्त्र प्रहरीको टुकडी फिर्ता गरेको थियो ।
    ज्ञापन पत्रमा ऐतिहासिक महत्व बोक्ने निवासबाट सुरक्षाकर्मी हटाउनु दुःखद भएको उल्लेख गरिएको छ । गृहमन्त्रालयले परिपत्र गरी निवाससहित पूर्वविशिष्ट व्यक्तिको निवासमा खटिएका सुरक्षाकर्मीलाई नियमित कामकाजमा खटिन यही जेठ १४ गते निर्देशन दिएको थियो । ज्ञापन पत्र बुझाउन मोरङ कांग्रेसका सचिव मोदराज घिमिरे , प्रदेश सभा सदस्य केदार कार्की , शान्ता पौडेल , विराटनगरका मेयर भीम पराजुली , पार्टीका विभिन्न तह र तप्काका कार्यकर्ताहरू ठूलो संख्याम सहभागि थिए ।
    विराटनगर—७ स्थित अस्पताल चौकमा रहेको कोइराला निवास नेपालको तानाशाही विरूद्धको विःस २००७ सालको ऐतिहासिक जनआन्दोलन देखी विःस २०४६ सालको परिवर्तनमा केन्द्र विन्दुमा रहेको उल्लेख छ । यस्तो ऐतिहासिक धरोहरलाई असुरक्षित बनाउदै वर्तमान राज्य शक्ताको निर्णयबाट नेपाली कांग्रेस मोरङको गम्भिर ध्यान आर्कषण भएको ज्ञापन पत्रमा उल्लेख छ ।
    परिवर्तनकारी आन्दोलनको नेतृत्व गर्ने पूर्व प्रधानमन्त्रीहरू वीपी , गिरिजा प्रसाद कोइरालाको विभिन्न कालखण्डमा मूलुको प्रधानमन्त्री बनेर कार्य गरेको साक्षी यही कोइराला निवास भएको ज्ञापन पत्रमा स्मरण गराईएको छ ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थि पथरी जेसीज बर्ष २०२६ का लागि अध्यक्षमा सुमान कुरुम्बाङ लिम्बू सर्वसहमत …

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी—११, फुटबल क्लवले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दो…

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…