• उर्लाबारी/उर्लाबारीका सक्रिय पत्रकार गोविन्द पोखरेलले बेतिनी सीमसारको समग्र पक्षलाई समेटेर तयार पारेको शोधपत्र सीमसार व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।

    बुधबार सीमसार व्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रममा पत्रकार पोखरलले सीमसार व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद दाहाललाई शोधपत्र हस्तान्तरण गरे ।



    शोधपत्रमा बेतिनी सीमसारबाट स्थानीयले पाउने प्राकृतिक सेवा,सुविधा तथा सीमसार सञ्चलनमा आएपछि आर्थिकोपार्जनमा भएको सुधारका बारेमा उल्लेख छ । पत्रकार पोखरेलले तयार गरेको उक्त शोधपत्रमा बेतिनी सीमसार क्षेत्रमा मानिसहरुले सिचाई,घाँसदाउरा लगायतका सुविधाहरु पाउने गरेको उल्लेख छ ।

    यस्तै,शोधपत्रमा सीमसार क्षेत्रबाट घाँस काट्ने कार्यले यहाँको महत्वपूर्ण वनस्पतिहरुको घट्ने सम्भवाना रहेको उल्लेख छ । यस्तै,जथाभावी प्mयाकिएका प्लाष्टिकजन्य फोहोरले यहाँ जमिन प्रदूषण निम्त्याएको उल्लेख छ ।

    यस्तै,एक सय जना मानिसहरुमा सीमसार संरक्षण सम्बन्धि सोधिएको मानिसमा २४ प्रतिशतले सीमसारबारे थाहा पाएको उल्लेख छ ।
    यस्तै,सीमसार क्षेत्रमा आर्थिक गतिविधि बढाउन तथा आम्दानीको स्रोत बढाउनका लागि सीमसारमा रहेको कृत्रिम पोखरीहरुमा माछा पालन गर्न सकिने सुझाव पोखरेलको शोधपत्रमा दिइएको छ । वन क्षेत्रबाट घाँस काट्न जानेहरुलाई लाइसेन्सको व्यवस्था,महिलाहरुलाई सीमसार संरक्षणमा लगाइनुपर्ने सुझाव उनले दिएका छन् ।

    सीमसार आसपासका सय परिवारहरुसँगको प्रत्यक्ष वार्तालाप गरी वैज्ञानिक ढंगबाट शोधपत्र तयार गरिएको शोधपत्रका समीक्षक एवं वातवरणविद् इशा राईले बताइन् ।

    शोधपत्र प्रस्तुत कार्यक्रममा उर्लाबारी वडा नम्बर–२का वडा सदस्य बानु सुब्बा,वडा नम्बर–३का वडासदस्य भिष्म बुढाथोकी,सामुदायिक वन उपभोक्ता महासंघ अग्नि पौडेल,बेतिनी सामुदायिक वनका सचिव गोपाल खरेल लगायतको उपस्थिति रहेको थियो ।


सम्वन्धित समाचार

 इलाम, १७ फागुन :  इलामको माइजोमाई गाउँपालिका–५ तुम्लिङ पुग्नुभएका टीकाराम बाँस्तोलाला…

ढोरपाटन (बागलुङ), १५ फागुन : बागलुङ र म्याग्दी जिल्लाको सिमाना रहेको सोलेडाँडामा तमानखोला गाउँपालिका र…

 ढोरपाटन (बागलुङ), १ फागुन : बागलुङको गलकोट नगरपालिका–११ मा रहेको उदय रिघा बुद्ध विहारलाई…

 काठमाडौँ, १९ माघ : हरेक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने ‘विश्व सिमसार दिवस’ यस वर्ष &…