• दमक  । प्रदेश नं १ कै उत्कृष्ट सहकारीका रुपमा झापाको दमकस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था सम्मानित भएको छ ।

    राष्ट्रिय सहकारी बैंकको बिहीबार काठमाडौँमा सम्पन्न १४ औँ वार्षिकोत्सवका अवसरमा स्वर्णलक्ष्मी सहकारीले प्रदेशस्तरीय सम्मान पाएको हो । प्रदेशस्तरीय बचत तथा ऋण सहकारीमध्ये स्वर्णलक्ष्मीले आफ्नो कार्यसम्पादनमा उत्कृष्टता प्राप्त गरेको भन्दै बैंकले सम्मान गरेको स्वर्णलक्ष्मी सहकारीका व्यवस्थापक कमल घिमिरेले जानकारी दिनुभयो ।

    उपराष्ट्रपति नन्दकिशोर पुनले संस्थाका अध्यक्ष रवि न्यौपानेलाई सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो ।

    दमक–८ स्थित सो सहकारीले जिल्लाको झिलझिलेमा सेवाकेन्द्र विस्तार गर्ने तयारी गरेको छ भने आफ्ना शेयर सदस्यलाई प्रभावकारी सेवा प्रदान गर्न व्यवसायिकतासँगै गुणस्तर सुनिश्चितता कायम गराउन संस्था रुपान्तरित भएको व्यवस्थापक घिमिरेले बताउनुभयो ।

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …