• मधुमेह

    क्रोनिक मृगौला रोग हुने सबैभन्दा मुख्य कारण मधुमेह हो । मधुमेहले मृगौलाको कार्यलाई बिस्तारै कम गरिदिन्छ । सुगरको उच्च मात्राले मृगौलाको रक्तवाहिनी नलीलाई असर पु¥याउँछ र क्रोनिक मृगौला रोगको कारण बन्छ ।

    २. हाइपरटेन्सन

    क्रोनिक मृगौलाको समस्या हुने एउटा कारण उच्च रक्तचाप पनि हो, जसलाई हाइपरटेन्सन पनि भनिन्छ । उच्च रक्तचापले मृगौलाको कार्यलाई असर पार्छ । मृगौलाको समस्या अन्य कारणले देखिएपनि हाइपरटेन्सनले यसलाई अझ बढी खराब पार्छ ।

    ३. मृगौलाको साँघुरिएको धमनी

    मृगौलाको धमनीले यसको कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । साथै यसले मृगौलामा रगत प्रवाहमा पनि सहयोग पु¥याउँछ, यदि यो धमनी अवरुद्ध भएमा रगत प्रवाह हुन सक्दैन र समस्या बढ्छ ।

    ४. जन्मजात समस्या

    जन्मजात समस्याले मुत्रमार्गमा बाधा उत्पन्न गराउँछ, यसबाट कैयौं समस्या उत्पन्न हुनसक्छन्, जसले मृगौलालाई असर पार्छ । यद्यपि गर्भमै रहेका बेला यो समस्या फेला पारेमा शल्यचिकित्साद्वारा ठीक गर्न सकिन्छ ।

    ५. लागुऔषध तथा विषाक्त पदार्थ

    लागुऔषध तथा लामोसमयसम्म औषधि सेवनले मृगौलालाई असर पुग्न सक्छ । आवश्यकभन्दा बढी स्टेराइडल एन्टी इन्फ्लेमेटरी ड्रग्सको प्रयोग  र स्ट्रीट ड्रग्सको प्रयोगले किड्नीलाई बढी असर पुयाउँछ ।

सम्वन्धित समाचार

काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महा…

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…