• काभ्रेको साविक ढुंर्खक हालको बेथानचोक गाउँपालिकामा जन्मिएका मोतिराम तिमिल्सना पत्रकारिता क्षेत्रमा कुनै नौलो नाम होइन । लिडरसिप स्वाभावको तिमिल्सना एक दशक भन्दा बढि अघिदेखि पत्रकारिता क्षेत्रमा विभिन्न संघर्षका साथ होमिएका थिए । पढदा पढदै बैकमा म्यानेन्जर र शिक्षक बन्ने सपना बुनेका उनको एकाएक मन बदलियो । पत्रकारिताको आवशयकता, क्षमता, भोगेको भोगाई , कसरी लाग्यो पत्रकारिता क्षेत्रमा ? समस्या चुनौती र विविध विषयमा आधारित रहेर पत्रकार राजकुमार गोले तामाङले नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमिल्सनासँग गरिइएको कुराकानीको अंश ः
    हाइलाइट

    नियुत्ति लिएर काम गरेका पत्रकारहरुले पारिश्रमीक नपाएको उजुरी लिएर नेपाल पत्रकार महासंघमा आउनु भयो भने हामी कानुनी उपचारका लागि पहल गर्छाै ।

    मोतीराम तिमल्सिना
    अध्यक्ष
    नेपाल पत्रकार महासंघ, काभ्रे शाखा



    संचारमाध्यमहरुलाई ब्यवसायीक बनाउने योजना हो । भर्खरै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएको छ । हामीले पनि यहि ब्यस्तताका बाबजुत हिजो मात्रै नेपाल पत्रकार महासंघ काभ्रे शाखाको स्थापना दिवसको अवसर पारी रजत महोत्सव मनाएका छौं । २०४९ साल पुष २ गते हाम्रा अग्रजहरुले नेपाल पत्रकार संघको स्थापना गर्नु भएको थियो । त्यहि संघ आज नेपाल पत्रकार महासंघको रुपमा कृयाशिल छ । रजत महोत्सव बनाउने कार्य समितिको दोश्रो बैठकको निर्णय अनुसार हिजो सम्पन्न भएको छ । अब बाँकी कार्यभारहरु थुप्रै छन् । विस्तारै अगाडी बढाउने योजनामा छौं । महासंघलाई संस्थागत बनाउने, सदस्यहरुको बृत्ति विकास गर्ने र संचारमाध्यमहरुलाई ब्यवसायीक बनाउने योजनामा हामी निरन्तर कृयाशिल छौं ।

    रजत महोत्सवको अवसर पारी जिल्लाबाट निर्वाचित सांसदहरुलाई बधाई तथा शुभकामना दिएका छौं । महासंघमा रहेर लामो समय देखि सेवा गरिरहनु भएका सदस्यद्धय अशोक ब्याञ्जु र टिपी शर्मा तिमल्सिनालाई नगर प्रमुख पदमा विजयी भएकोमा बधाईका साथै सम्मान गरेका छौं । महासंघ स्थापना गर्ने संस्थापकहरुको सम्मान गरेका छौं । पुर्व अध्यक्ष र सल्लाहकारहरुलाई सम्मान गरेका छौं । महासंघलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने ब्यक्तिहरुलाई प्रशंशापत्रद्वारा सम्मान गरेका छौं । यो अभियानको शुरुवात मात्रै हो । हामी आगामी दिनमा यस्ता कार्यक्रमहरु निरन्तर गरिरहने छौं । स्मारिका प्रकाशन गरेर महासंघको इतिहासलाई संरक्षण गर्ने काम गरेका छौं । रजत महोत्सवको अवसरमा महासंघको चिनो स्वरुप पिन सार्वजनिक गरेका छौं । अझै गर्न बाँकी धेरै छ । अघिल्लो पुस्ताबाट एक जना र नवोदित पुस्ताबाट एक जना पत्रकारलाई सम्मान गरेका छौं ।

    पत्रकारहरुको प्रदेश ३ को राजधानी बनाउन आवश्यक पूर्वाधारको तयारी गर्नेछौं

    महासंघले भखर्रै रजत महोत्सव मनाएको छ । यो पहिलो शुरुवात पनि हो । पुष २ गतेलाई हरेक वर्ष नेपाल पत्रकार महासंघ काभ्रे शाखाले स्थापना दिवसको रुपमा मनाउने निर्णय गरिसकेको छ । महासंघलाई विशुद्ध ब्यवसायीक पत्रकारहरुको छाता संगठन बनाउन शुद्धिकरण शुरु भएको छ । नयाँ सदस्यता खुलेको छ । निर्वाचनका बेला मात्रै पत्रकार महासंघलाई कब्जा गर्ने उदेश्यले वितरण हुँदै आएको सदस्यता प्रकरण पनि अब अन्त्य हुनेछ ।

    नेपाल पत्रकार महासंघ काभ्रे शाखाको कल्याण कोषमा शुन्य मौज्दात छ । त्यसलाई हाम्रो कार्यकालमा ५ लाख पु¥याउने लक्ष्य लिएका छौं । पत्रकारहरुको दुख सुखमा सहयोग पु¥याउने उदेश्यले उक्त कोषको ब्याजको रकमबाट हरेक वर्ष पत्रकारहरुलाई सहयोग गर्ने योजना बनाएका छौं । स्थानीय सरकारहरुसँगको समन्वयमा छुट्टै संचार नीति निर्माण गरी कार्यान्वयन गर्ने योजना बनाएका छौं । केन्द्रिय समितिको बैठकले गरेको निर्णय अनुसार काभ्रेपलाञ्चोक जिल्लामा पत्रकारहरुको प्रदेश ३ को राजधानी बनाउन आवश्यक पूर्वाधारको तयारी गर्नेछौं । पत्रकारहरुको जीवन विमा, दुर्घटना विमाको कामलाई अगाडी बढाईसकेका छौं । जिल्लामा रहेका अस्पतालहरुसँगको समन्वयमा उपचारमा सहुलियत, संविधानले ब्यवस्था गरे अनुरुप पत्रकारहरुका सन्तानलाई शिक्षामा सहज पहुँचको ब्यवस्थापन गर्ने योजनामा छौं ।
    अग्रजहरुको सम्मानका लागि हरेक वर्ष सम्मानका कार्यक्रमहरु आयोजना गर्ने अभियान शुरु गरिसकेका छौं । इतिहासको संरक्षणका लागि स्मारिका प्रकाशन गरिसकेका छौं । पदस्थापन भएको ६ महिनाको अवधीमा थुप्रै कार्यक्रमहरु आयोजना गरिसकेका छौं । आफ्नै भवनबाट नियमित कार्यालयको काम शुरु भएको छ । १० वर्ष देखि बन्द भएको टेलिफोन लाईन संचालनमा आएको छ । नेपाल विद्युत्त प्राधिकरणका सहयोगमा बत्ति जडान भएको छ । क्लासिकटेकको सहयोगमा २४ सै घण्टा निशुल्क इन्टरनेटको ब्यवस्था गरिएको छ । बनेपा नगरपालिका र वडा कार्यालयको समेत सहयोगमा महासंघ कार्यालय जाने सडकको ब्यवस्थापन गरिएको छ । जिल्ला समन्वय समितिको सहयोगमा महासंघको कार्यालय ब्यवस्थापन गरिएको छ । अन्य नगरपालिका र गाउँपालिकाको सहयोगमा महासंघ मार्फत थप कार्यक्रम गर्ने योजना पास भईसकेको छ ।

    एक स्थानीय तह एक पत्रकारको अवधारणालाई स्थानीय सरकारले कानुन बनाएरै ब्यवस्थापन गर्ने प्रतिवद्धता ब्यक्त भएका छन् । पत्रकारहरुलाई क्षमता अभिबृद्धि तालिम, सूचनाको हक, न्युनतम पारिश्रमीकका बारेमा जानकारी गराएको छ । जिल्लाका संचारमाध्यमहरुमा विज्ञानको दररेट एउटै कायम गरिएको छ । पत्रकार भएको परिचय पत्र महासंघले उपलब्ध गराउन थालेको छ । समयमै नविकरण गर्ने, प्रेसको ज्याकेट उपलब्ध गराउने जस्ता कामहरु पनि भएका छन् । महासंघमा कर्मचारीको ब्यवस्थापन गरिएको छ । सूचना प्रणालीलाई ब्यवस्थित बनाउन एकद्धार प्रणाली अपनाईएको छ । पत्रकारहरुको दुखमा संस्थागत सहयोग गर्ने कार्य शुरु भएको छ । खुशीमा पनि सँगै साटासाटा गर्ने परम्पराको थालनी भएको छ ।

    खानेपानीका लागि पहल भएको छ । कार्यालयका लागि आवश्यक पर्ने विभिन्न क्षेत्रमा कार्य समितिले उप समिति गठन गरेरै कामको जिम्मेवारी प्रदान गरेको छ । गर्न थुप्रै बाँकी छन् केहि शुरुवात गरिएको छ । १३ वटा गाउँ र नगरपालिका, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखहरुलाई सम्मान गरेका छौं । केन्द्रिय समितिको बैठक धुलिखेलमा आयोजना गरी सम्पन्न गराएका छौं । विजयादशमी, शुभ दिपावली, छठ पर्व जस्ता कार्यक्रमहरुको अवसर पारी शुभकामना आदान प्रदान गरेका छौं ।

    कृयाशिल पत्रकारहरु बाँच्न सक्ने अवस्था अझै भईसकेको अवस्था छैन

    राम्रै र गहकिलो प्रश्न सोध्नु भयो । संख्याका आधारमा पत्रकारहरु कति क्रियाशिल छन् भनेर उत्तर दिनु भन्दा पनि जिल्लामा अहिले थुप्रै संचारमाध्यमहरु संचालनमा आएका छन् । झण्डै दुई दर्जन साप्ताहिक पत्रिका, अनलाईन पत्रिका, एफएम, टेलिभिजनहरुमा कार्यरत पत्रकारहरु छन् । त्यसको अलावा राष्ट्रिय रुपमा संचालनमा रहेका संचारमाध्यमहरुमा जिल्लामा रहेर काम गर्ने पत्रकारहरु पनि हुनुहुन्छ । कृयाशिल पत्रकारहरु अझै महासंघ भित्र समेटिन सक्नु भएको छैन । कृयाशिल पत्रकारहरु विहान रिपोर्टिङ्ग गरेर बेलुका डेरामा पुग्दा चामल किन्न सक्ने अवस्थामा समेत हुनुुहुन्न । सबैको अवस्था त्यस्तो छैन । विस्तारै पत्रकारहरुको आम्दानी बढिरहेको छ । आफु कति कृयाशिल छु, कस्तो संचारमाध्यममा कार्यरत छु । कार्यरत रहेको अवस्थामा कसरी मैले जीवीकोपार्जन गर्न सक्छु भन्ने सोचेर मात्रै पत्रकारहरु निरन्तर कृयाशिल हुनु पर्छ । पत्रकारिता मात्रै गरेर कृयाशिल पत्रकारहरु बाँच्न सक्ने अवस्था अझै भईसकेको अवस्था छैन ।
    कानुनी उपचारका लागि पहल गर्छाै पक्कै हो ।

    मेरो र म कार्यरत संचारमाध्यमको हकमा यो प्रश्न लागु हुँदैन । हामी हुन पनि दिदैनौ । तर सबै संचारमाध्यमको अवस्था यस्तो छैन । मालिक र मजदुर एउटै भएका संचारमाध्यमहरु धेरै छन् । मिडिया हाउसहरुले पारिश्रमीक नदिएको कुरा पनि साँचो होला तर महासंघमा अहिलेसम्म त्यस्तो गुनासो र उजुरी आएको छैन । पहिले त पत्रकबारहरुले नियुक्ति विना काम नै गर्नु भएन । नियुत्ति लिएर काम गरेका पत्रकारहरुले पारिश्रमीक नपाएको उजुरी लिएर नेपाल पत्रकार महासंघमा आउनु भयो भने हामी कानुनी उपचारका लागि पहल गर्छाै । महासंघको भूमिका हुन्छ तर जानकारी गराउनु पर्छ ।

    पत्रकारिता आर्कषण र स्थापित गर्ने पेशा बन्न थालेको छ

    हो । संचारमाध्यमहरुमा काम गरिरहेका धेरै पत्रकारहरु विस्थापित भएका छन् । केहिले दुबै पेशा अपनाईरहेका छन् । पत्रकारिता मात्रै गरेर जिवीकोपार्जन गर्न सकिदैन कि ? भनेर नयाँ पुस्ताको बीचमा नकारात्मक सन्देश पनि गएको छ । हिजोको जस्तो अवस्था छैन अहिले । पत्रकारितामा निरन्तर लाग्ने र खोज अनुसन्धानमा कृयाशिल भई पत्रकारिता गर्ने ब्यत्तिका लागि पत्रकारिता आर्कषण र स्थापित गर्ने पेशा बन्न थालेको छ । आफुले आफुलाई सुधार्ने, हिजोको पत्रकारिताको माध्यम र अवस्थालाई नयाँ ढंगबाट अगाडी बढाउँदा पत्रकारहरु अब पेशाबाट विस्थापित हुनु पर्दैन । संचारमाध्यमहरु सँगै आफुले आफैलाई सुधार्नु जरुरी छ ।

    समस्याहरुलाई उजागार गरी बलियो बन्न सक्नु पर्छ

    हो । पत्रकारहरु अरुका विषयमा समाचार लेख्नु हुन्छ । निरन्तर त्यसको प्राप्तीका लागि समाचारको फलोअप पनि गर्नुहुन्छ । आफ्नै बारेमा नत समाचार लेख्नुहुन्छ । न यस्तो प्रवृत्तिको अन्त्य गर्न मुकाबिला गर्नुहुन्छ । सबै पत्रकारहरुको अवस्था त्यस्तो छैन । न्युनतम पारिश्रमीकको नियुक्ति पत्र नै कति पत्रकारहरुले प्राप्त गर्नु भएको होला र ? सूचना विभागको परिचयपत्रका लागि मात्रै नियुक्ति लिने थुप्रै पत्रकार साथीहरु हुनुुहन्छ । यो मिडिया क्षेत्रको प्रमुख रोग हो । मैले माथी पनि भनिसकें पत्रकारहरु पहिले आफु सक्षम बन्नु पर्छ । काम गर्दा यति पैसा भए काम गर्छु नत्र गर्दिन भन्ने हिम्मत राख्नु प¥यो । पत्रकार भईन्छ भन्दैमा मिडिया संचालकहरुले जतिमा भन्यो त्यतिमा, एउटाले नगर्दा अर्काे गएर मालिकले भने जस्तै गरी काम गर्ने प्रवृत्ति रहेसम्म तपाईले भने जस्तो कानुनमा देखिने गरी कागजमा तलब हातमा शुन्य हुन जान्छ । भएको पनि छ । यसलाई विस्तारै सुधार्न लाग्नु पर्छ ।

    पत्रकारहरु आफैले पहिला आफु भित्रको समस्याहरुलाई उजागार गरी बलियो बन्न सक्नु पर्छ । यसका लागि पत्रकारहरु जति जिम्मेवार छन् दोश्रोमा राज्य र त्यसका निकायहरु छन् । अरुको आङमा जुम्रा छन् भनेर समाचार लेख्ने पत्रकारहरुले आफ्नै संचारमाध्यमहरुमा भएको अन्याय र अत्याचारका विरुद्ध पनि समाचार लेख्ने साहस गर्न सक्नु पर्छ । तब मात्रै यहाँले भने जस्तो कुराको अन्त्य हुन्छ । नत्र काग कराउँदै गर्छ पिना सुकिरहन्छ ।

    पत्रकारहरु आफैले त्यसको अनुगमन गर्ने हो

    यो अनुगमन सबै निकायले गर्ने हो । न्युनतम पारिश्रमीक निर्धारण समिति छुट्टै छ । प्रेस काउन्सिल, सूचना विभाग, नेपाल पत्रकार महासंघ र स्वयं पत्रकारहरु आफैले त्यसको अनुगमन गर्ने हो । को को जिम्मेवार बन्ने ? कसले कसको आँखामा छारो हाल्ने हो ? त्यसरी लिनु भएन । बास्तविक पत्रकारहरुले काम गरे अनुसारको दाम पाउनु पर्छ । पत्रकार आफैले त्यसका लागि संचारामध्यमहरुसँग नझुक्ने गरी नियुक्ति लिनु पर्छ । नियुत्ति अनुसारको पारिश्रमीक भएन भने नेपाल पत्रकार महासंघ लगायतका संस्थाहरुमा उजुरी गर्नु पर्छ ।

    आलोचनाको पत्रकारिताबाट सम्वृद्धी तर्फ लाग्नु पर्छ

    यतिखेर काभ्रेमा ब्यवसायीक र कृयाशिल पत्रकारहरुको बाहुल्यता छ । पत्रकार महासंघ आफ्नै रफ्तारमा छ । नयाँ जोश र जाँगरका साथ महासंघलाई संस्थागत बनाउने अभियानमा सिङ्गो कार्यसमिति सक्रिय छ । ब्यवसायीक पत्रकारहरुको संख्या थपिदै छ । तर पनि हामीले सोचे जस्तो पत्रकारिता मात्रै गरेर पत्रकारहरुलाई पेशामा टिकाईरहने अवस्था बनिसकेको छैन ।

    त्यो वातावरण भने बन्दै गएको छ । राज्यका सबै निकायमा जनप्रतिनिधिहरु निर्वाचित भईसकेको अवस्था छ । अब ब्यवसायीक पत्रकार र संचारमाध्यमहरुको विकासलाई हामीले शशक्त रुपमा अगाडी बढाउने योजना बनाएका छौं । अब हिजोको जस्तो सधै आलोचनाको पत्रकारिताबाट सम्वृद्धी तर्फ लाग्नु पर्छ । सम्वृद्धीका लागि संचारमाध्यम र संचारकर्मीहरुको क्षेत्रबाट महत्वपूर्ण योगदान पु¥याउनु पर्छ ।

    पत्रकारहरु पनि अल्छी बन्दै जान लाग्या हो कि भन्ने अनुभुति भएको छ

    प्रविधिको विकास ह्वात्तै भएको छ । हामीले प्रयोग गरेका संचारसामाग्रीहरुमा आकाश जमिन फरक भईसकेको छ । सूचनाको पहुँच पुगेको छ । हिजोजस्तो विकट भनिने अवस्था रहेन । संचारका कारण सबै क्षेत्र सूचना प्राप्तीका लागि अगाडी पुगिसके । हिजो जस्तो कम्प्युटरको समस्या, क्यामेराको समस्या, इमेल इन्टरनेटको समस्या अहिले छैन । अहिल सहज तर अल्क्षि पत्रकारिता शुरु भए जस्तो लाग्न थालेको छ । खोजविन गर्ने, घटना तथा नयाँ खोज अनुसन्धान गर्ने कुरामा पत्रकारहरु पनि अल्छी बन्दै जान लाग्या हो कि भन्ने अनुभुति भएको छ । ममा लागु भएकाले मैले यसो भन्न सकेको हुँ । अध्ययनका हिसाबले जिल्लामा कृयाशिल संचारमाध्यमहरुको अवस्था पनि त्यस्तै देखिन्छ ।

    समाचारमै बार्गेनिङ्ग गर्नू भएको रहेछ भने प्रमाण सहित ल्याउनुस् तत्काल कार्बाही हुन्छ

    मैले त्यस्तो सुनेको छैन । त्यस्तो कोहि पत्रकारले गर्छ भने तत्काल कारवाही हुन्छ । पत्रकारहरुको बदनाम गर्ने उदेश्यले मात्रै यस्तो कुरा आएको छ भने त्यसलाई गम्भिर रुपमा लिनु पर्छ र आरोप लगाउनेहरुलाई पनि कारवाही हुनु पर्छ । होईन पत्रकारहरुले साँच्चै समाचारमै बार्गेनिङ्ग गर्नू भएको रहेछ भने प्रमाण सहित ल्याउनुस् नेपाल पत्रकार महासंघले महासंघको विद्यान अनुसार तत्काल कारवाही गर्छ । पत्रकारिता गर्नेहरुले त्यस्तो गर्न पाउँदैनन । त्यस्तो गर्ने छुट पनि छैन ।

    अराजक तत्वहरुले पत्रकारहरु माथी धावा बोलेका छन्

    हो । पत्रकारहरु माथी पछिल्लो समय आक्रमण, धम्किका घटनाहरु बढेका छन् । सत्य कुरा पचाउन नसक्ने तत्वहरु, जसले राष्ट्रलाई सधै अस्थिर, भ्रष्टाचारको दलदलमा फसाउन चाहन्छ त्यस्तो तत्वहरुले पत्रकारहरु माथी आक्रमण गरिरहेका छन् । यस्ता घटनाहरुमा राज्य जिम्मेवार छ । राज्यले त्यस्ता तत्वहरुलाई कारवाही गर्न सक्दैन । राज्यले कारवाही नगर्दा संक्रमणकालको फाईदा उठाउँदै अराजक तत्वहरुले पत्रकारहरु माथी धावा बोलेका छन् । अब राज्यका सबै निकायहरुमा पदपुर्ति भएको छ । जनप्रतिनिधिहरुको स्थायी सरकारको पालामा दण्डहिनता अन्त्य हुने अपेक्षा गर्नु पर्छ । निरन्तर हाम्रो खबरदारी आवश्यक छ । भन्ने भन्दा पनि गर्ने अभियानमा हामी जुटेका छौं । सबै पक्षको साथ र सहयोगको अपेक्षा गरेका छौं ।

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…