असार ५, पथरी ।
मोरङको पथरी शनिश्चरे नगपालिकाको ८० प्रतिशत भु–भाग कृषि योग्य जमिन रहेको क्षेत्र हो ।
१० वटा वडामा विभाजित यस नगरपालिकाको वडा नम्वर १ वाहेक अन्य सवै वडा कृषिमा अधारित वडा रहेका छन् । जहा अधिकाश किसान हरुको वसोवास रहेको छ ।
नगरको वडा नम्वर २, ५, ६ र ८ नम्वर वडा कृषिको पकेट क्षेत्रका रुपमा रहेका वडा हुन भने ति वाहेकका अन्य वडामा पनि मुख्य वाली धान र दोस्रो वाली मकै लगाइदै आएको छ ।
नगरको मुख्य आयस्रोत भनेकै याहाको अन्न उत्पादन नै रहेको छ । साथै यस क्षेत्रमा विभिन्न स्थानमा कृषक दाजुभाई दिदिवहिनीहरुले विभिन्न कृषी फर्म नै सञ्चालन गर्दै आएका छन् ।
ति फर्महरुमा वाख्रा, भैसी, कुखुरा, सुगुर, माछा, तरकारी लगाएतका कृषि जन्य वस्तुको व्यावसायिक खेति गर्दै आएका पनि छन् ।
पछिल्लो समय यसरी कृषिमा आधारित कृषक हरुलाई सहयोग गर्ने उद्श्यले नगरपालिकाले बुधवार कृषिका व्यवसायिक फर्महरुलाई घाँस पराल काट्ने १० वटा विद्युतीय च्याफ कटर वितरण गरेको छ ।
नगरको आर्थिक विकास शाखा अन्तर्गत पशुपंक्षी शाखाले ७५ प्रतिशत अनुदानमा बुधवार कटर वितरण गरेको हो ।
नगर प्रमुख दिलिपकुमार राई र प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमलाले कटर वितरण गरेको पशुपंक्षी शाखाका पशु सेवा प्राविधिक पर्वत शाहले वताए ।
कटरका लागि नगरपालिकाको २ लाख ५० हजार रुपैयाँ विनियोजित गरेको छ