असार ७, पथरी ।
मोरङको उर्लावारीमा १२ औ शाखाको रुपमा स्थापना भएको राष्ट्रिय सहकारी बैङकले एक दिने अन्तरकृया कार्यक्रम सञ्चालन गरेको छ ।
मुख्य कार्यालय कुपण्डोल ललितपुरमा रहेको सो बैङकले देशै भर ४४ वटा शाखा स्थापना गरि सहकारी र सहकारीमा आवद्ध सेयर सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको सस्था हो ।
मुलुकमा छरिएर रहेको पुजि, सिप र साधनलाई एकिकृत रुपमा परिचालन गरि उत्पादनशिल क्षेत्रमा लगानी गर्ने सहकारी संघ, सस्थाहरुलाई थोक कर्जाको रुपमा वित्तीय साधन र अन्य सेवा तथा सुविधाहरु उपलव्ध गराई सेवा प्रदान गर्दै आएको छ ।
सहकारीमा आवद्ध सहकारीकर्मी र सेयर सदस्यहरुको हितका लागि सहकारी अभियान सग जोडिएका सवाल हरुमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत यस वैङकले आवाज उठाउदै आएको पाईएको छ ।
राष्ट्रिय सहकारी बैंक लि. उर्लाबारीको आयोजनामा बिहीबार भएको अन्तरक्रिया कार्यक्रममा केन्द्रीय निवर्तमान अध्यक्ष रमेशप्रसाद पोखरेलले सहकारी अभियानलाई थप प्रभावकारी बनाउन बैंकको महत्वपूर्ण सहयोग रहने जानकारी गराए ।
उनले सहकारी क्षेत्रको प्रवद्र्धनका लागि सहकारी बैंकसंग सहकार्य गर्न सबै सहकारी संघ संस्थाहरुलाई आग्रह गरे । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागाईले राष्ट्रिय सहकारी बैंकका बारेमा जानकारी गराएका थिए ।
अन्तरक्रिया कार्यक्रममा १ सय भन्दा बढी सहकारी संघ÷संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा सहकारी बैंक र सदस्य संघ संस्थाहरुबीच सहकार्य, सहकारी अभियानलाई प्रभावकारी बनाउने लगायतका विषयमा छलफल गरिएको उर्लाबारी शाखाकी प्रमुख मुना केसीले जानकारी दिइन् ।
सोही अवसरमा उर्लाबारीको महिला उत्थान साकोस र श्रीसगरमाथा साकोसलाई उत्कृष्ट सहकारीको रुपमा सम्मान गरिएको छ ।