• काठमाडौं, पुस १०

    कात्तिकमा वस्तु र सेवा दुवै समूहको मूल्य वृद्धि भएको छ। राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७४/७५ को पहिलो चौमासको तथ्यांक सार्वजनिक गर्दै कात्तिक महिनामा मूल्य वृद्धि उकालो लागेको जनाएको हो। असोजमा तीन दशमलव एक प्रतिशत रहेको मूल्य वृद्धि कात्तिकमा आइपुग्दा तीन दशमलव नौ प्रतिशत पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो मूल्यवृद्धि चार दशमलव आठ प्रतिशत थियो। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

    २०७२ को कात्तिकमा भूकम्प र नाका बन्दीको कारण मूल्य वृद्धि १०.४ प्रतिशत पुगेको थियो। दुई वर्ष अघिको मूल्यका आधारमा यस वर्ष वस्तु तथा सेवाको मूल्य घटे पनि यस वर्षको पहिलो चार महिनामा भएको मूल्य वृद्धिमध्ये कात्तिक महिनामा सबैभन्दा बढी हो।

    त्यतिबेला भूकम्प र यसपछिको परकम्पनका कारण देशको आर्थिक अवस्था डामाडोल थियो। त्यसपछि भारतीय नाकाबन्दीका कारण देशभित्र वस्तुको मूल्य बढेर छोइनसक्नु भएको थियो। गत वर्षसम्म भूकम्प र नाकाबन्दीको असर रहे पनि विस्तारै बजार मूल्य भने सहज बन्दै गयो।

    सबैभन्दा सस्तो काठमाडौं

    राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिक महिनामा सबैभन्दा सस्तो सामान काठमाडौं कारोबार भएको छ। यो महिनामा काठमाडौंको मूल्य वृद्धि तीन दशमलव दुई प्रतिशत छ। हिमाल सबैभन्दा मह्गो देखिएको छ। यस्तो वृद्धिदर पहाडमा चार दशमलव सात र तराईमा तीन दशमलव सात प्रतिशत छ। गत वर्षको सो महिनामा काठमाडौंमा तीन, हिमालमा चार, तराईमा पाँच दशमलव एक र पहाडमा ६ दशमलव दुई प्रतिशत थियो।

    गेडागुडी र मसलाको मूल्य घट्यो

    कात्तिक महिनामा खाद्य तथा गैरखाद्य दुवै समूहमा पर्ने वस्तुको मूल्य घटेको छ। समीक्षा अवधिमा खाद्य समूहको वस्तुको मूल्य दुई दशमलव तीन प्रतिशत र गैरखाद्य वस्तुको मूल्य पाँच दशमलव एक प्रतिशत रहेको छ। गएको वर्ष यसै अवधिमा खाद्य समूहअन्तर्गत पर्ने वस्तुको मूल्य दुई दशमलव ६ प्रतिशत र गैरखाद्य वस्तुको मूल्य ६ दशमलव पाँच प्रतिशत थियो।

    त्यो महिनामा गेडागुडी तथा मसलाको मूल्य सबैभन्दा बढीले घटेको छ। यस अवधिमा गेडागुडीको मूल्यमा २४.१ र मसलाको मूल्यमा साढे पाँच प्रतिशतले कमी आएको छ। तर, तरकारीको मूल्यमा भने नौ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ।





सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …