• साउन ८, पथरी ।
    नेपालको सबैभन्दा ठूलो इन्टरनेट तथा नेटवर्क सेवाप्रदायक कम्पनी वल्र्ड्लिंक कम्युनिकेशन लिमिटेडले अब ‘हरेक टिभीमा यूट्युब’ योजना ल्याएको छ ।
    यस योजना अन्र्तरगत अब हरेक मोबाइल, ल्यापटप वा स्मार्ट टिभीमा यूट्युब हेर्दै आइरहेपनि प्रयोगकर्ताहरुले नन स्मार्ट, सि आर टि टिभी मा पनि युट्युव उपलब्ध गराउने भएको छ ।
    वल्र्ड्लिंकले संचालनमा ल्याएको नेट टिभीले आफ्ना ग्राहक वर्गहरुका लागि ८० भन्दा बढी एच डी च्यानलहरु संचालन गदै आईरहेको र ग्राहकहरुको सुविधाका लागि नियमित टिभी च्यानल कन्टेन्टमात्र नभई आपूलाई मनपर्ने कन्टेन्टहरु कुनै बाधा एवं झन्झट बिनानै यूट्युबमार्फत हेर्न सक्ने गरि संचालनमा ल्याईएको जनाएको छ ।
    कम्पनिका अनुसार अब यटू्यबु स्किनलाई आफ्नै स्मार्टफोनबाट टिभीमा कास्ट गर्न सक्ने प्रविधि संगै नेटटिभीबाट मोबाइलफोनहरुमा पनि रिमोट एप्लिकेशन उपलब्ध गराएको छ ।
    कम्पनिले ल्याएको अफर नेपालभर रहेका वल्र्ड्लिंकका नयाँ तथा पुराना सम्पूर्ण ग्राहकहरुका लागि भएको कम्पनिको जनाएको छ ।
    पुराना प्रयोगकर्ताहरुले नयाँ प्रिमियम सेटअप बक्स आफ्नो पुरानो नेटटिभी सेटअप बक्ससँग नजिकै रहेको वल्र्ड्लिंकको शाखामा साटेर प्रिमियम सेवाको सुविधा समेत पाउने वल्र्ड्लिंक दमक शाखाका प्रमुख राजन तिम्सीनाले वताएका छन् ।

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…