• सफल मानिसहरू कसरी प्रत्येक कदममा सफल हुन सके होलान् भन्ने जिज्ञासा तपाईंमा पनि अवश्य होला । उनीहरू जस्तै आफूले पनि टन्न पैसा कमाउन पाए हुन्थ्यो भन्ने लाग्दो हो तपाईंलाई ।

    तर केही मानिस चाहिँ राम्रो कमाएपनि आर्थिक रूपमा मजबुत हुँदैनन् र भविष्यको बचत पनि गर्न सक्दैनन् ।

    आर्थिक रूपमा मजबुत मानिसमा केही बानी हुन्छन् जसले उनीहरूलाई सफलताको बाटोमा हिँडाउँछ । ती बानी तपाईंले पनि अपनाउनुभयो भने आर्थिक कमी हुन पाउँदैन ।

    १. समय उपयोग सफल र आर्थिक रूपमा मजबुत व्यक्तिहरू आफ्नो बहुमूल्य समय काममै लगाउँछन् । टिभी हेरेर समय बिताउँदैनन् ।

    २. सन्तुष्ट रहने अनि बलिदान दिने आर्थिक रूपमा शक्तिशाली व्यक्ति असन्तोकी हुँदैनन् र फाल्तु खर्च गर्दैनन् । अरूको हितका लागि पैसा खर्च गर्न उनीहरू तत्पर हुन्छन् र आफ्ना आवश्यकताको बलिदान दिन पनि तयार हुन्छन् ।

    ३. आफूलाई गाली नगर्ने असफल व्यक्तिहरू सधैं आफ्नो असफलतालाई समातेर आफैंलाई सरापिबस्छन् तर सफल व्यक्तिहरू हार, असफलता र गल्तीमाथि चिन्तन मनन गर्छन् अनि गल्तीलाई भविष्यमा दोहो–याउँदैनन् ।

    ४. फाल्तु खर्च नगर्ने सफल र आर्थिक रूपमा शक्तिशाली मानिसहरू कमाइको केही भाग नियमित रूपमा बचाउँछन् र आवश्यकता अनुसार मात्र खर्च गर्छन् । नयाँ कार, ठूलो टिभी र महंगा सोखमा पैसा लुटाउँदैनन् उनीहरू ।

    ५. लामो अवधिको योजना पछिसम्मको वित्तीय योजना बनाउनाले मानिसहरू धनी र सफल हुन्छन् । आफूलाई चाहिने जति मात्र खर्च गरेर दीर्घकालीन आर्थिक योजना बनाउँछन् उनीहरू ।

    ६. देखेभन्दा बढी मेहनत सफल मानिसहरू काममा देखिने परिणामभन्दा धेरै मेहनत गर्छन् । देखावटीका लागि भन्दा पनि काम सफल बनाउन उनीहरू मेहनत गर्छन् ।

    ७. कामप्रति समर्पित सफल व्यक्तिहरू पूरै लगनका साथ काम गर्छन् र कामप्रति समर्पित रहन्छन् । एजेन्सीको सहयोगमा

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …