• काठमाडौं । इन्धन भण्डारणको जग्गा खरिद अनियमितता आरोपमा कारबाहीमा परेका नेपाल आयल निगमका तत्कालिन कार्यकारी निर्देशक गोपाल खड्काले फेरि निगम फेर्किन लबिङ गरेका छन्।

    खड्काले भावी प्रधानमन्त्रीको रुपमा चर्चामा आएका एमाले अध्यक्ष केपी ओलीलाई भेटेर निगम फर्किने व्यवस्था मिलाईदिन अनुरोध गरेका छन्।

    खड्काले विगतदेखि नै ओली निकट शक्ति दलाल समूहसँग मिलेर काम गर्दै आएका छन्।

    निगमको इन्धन भण्डारण जग्गा खरिदमा पनि उक्त समूहको संलग्नता छ, जसले मुलुकका विभिन्न व्यवसाय क्षेत्रमा आफ्नो पहुँच बढाउँदै लगेको छ।

    तिनैको योजनाअनुसार खड्काले मुलुकको संघीय संरचनाअनुसार सातै प्रदेशमा पेट्रोलियम पदार्थ भण्डारण डिपो निर्माणको काम जग्गा खरिदमार्फत् अघि बढाएका हुन्।

    यसअघि सरकारले खड्कालाई बर्खास्त गर्ने निर्णय गरेपछि एमाले अध्यक्ष ओलीले खड्काको बचाउ गर्दै भरीयालाई नभई मालिकलाई कार्वाही गर्नु पर्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए। (नागरिक दैनिक)

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …