• काठमाडौं । नयाँ शक्ति पार्टी अध्यक्ष बाबुराम भट्टराई सोमबार बिहान ओली भेट्न बालकोट निवास पुगे । चुनावी जितका लागि बधाई दिए ।

    अनि ४५ मिनेट गफिए । नयाँ शक्तिसँग आबद्ध एक बुद्धिजीवीका अनुसार भट्टराईले ओलीलाई स्थिर सरकार र आर्थिक समृद्धिको एजेन्डाका लागि आफ्नो आवश्यकता खड्किए ‘सघाउन तयार रहेको’ सन्देश यसअघि नै पुर्‍याइसकेका छन् ।

    भट्टराईले ओली भेटमा यसबारे कुनै कुरा नभएको दाबी गरे ।

    बालकोट स्रोतले भट्टराईको पहलमा भेट भएको दाबी गर्दै गर्दा भट्टराईका सहयोगीले ओलीकै आग्रहमा भेट भएको जिकिर गरेका छन् ।

    ‘प्रचण्ड र ओली दुवैलाई गोरखाबाटै टेलिफोनमा बधाई दिनुभएको थियो, ओलीले भेटेर कुरा गरौं भन्नुभएकाले बधाई दिन आउनुभएको हो,’ ती सहयोगीले भने ।

    भट्टराईले चुनावी जितका लागि बधाई र भावी सरकारको नेतृत्वका लागि शुभकामना दिएको जानकारी दिए । उनले सत्ता गठबन्धनमा सहयोग गर्नेबारे केही कुरा नभएको जिकिर गरे ।

    ‘गठबन्धनको कुरा अहिले गरिएन, राष्ट्रियसभा अध्यादेशको अड्चन खुलाउन सहमति जुटाउन सल्लाह दिएँ’, भट्टराईले भने, ‘मैले अरू कुनै आकांक्षा राखेको भन्ने सही होइन, अहिले त्यस्तो कुरा गर्नु उपयुक्त हुन्न ।’

    ओलीले अध्यादेशमा देउवाले सल्लाह नगरी एकलौटी गरेको टिप्पणी गरेको भट्टराईले बताए ।

    एमाले(माओवादी एकता र सत्तारोहणमा संशय बढ्दै जाँदा भट्टराईको बालकोट यात्रालाई अर्थपूर्ण ठानिएको छ ।

    असोज १७ गते वाम गठबन्धन घोषणा हुँदा ओली(दाहालसँगै उभिएका उनी केही दिनमै कांग्रेससँग मोर्चाबन्दी गरेर चुनाव लड्ने निर्णयमा पुगेका थिए । नयाँशक्तिबाट चुनाव जित्ने उनी मात्रै हुन् । (अन्नपूर्ण पोष्ट दैनिक)

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थि पथरी जेसीज बर्ष २०२६ का लागि अध्यक्षमा सुमान कुरुम्बाङ लिम्बू सर्वसहमत …

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी—११, फुटबल क्लवले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दो…

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…