साउन ३०, पथरी ।
पथरी उद्योग बाणिज्य बाणिज्य संघ पथरी शनिश्चरेको अग्रसरतामा मंगलवार पथरीमा २४ लाख १३ हजार ५ सय रुपैया संकलन गरिएको छ ।
संघको आयोजनामा आन्तरिक राजस्व कार्यलयको घुम्ती सेवाको माध्यमबाट सेवा उपलब्ध गराईएको थियो ।
सो घुम्ती सेवा मार्फत ५ सय २१ जनाले सेवा लिएको पथरी उद्योग बाणिज्य संघका सचिव टिकेन्द्र पौडेल (दिनेश) ले बताए कार्यक्रम पौडेलकै संयोजकत्वमा सम्पन्न भएको थियो ।
साथै सोे घुम्ती सिविरमार्फत ३ सय ३७ जनाले नयाँ सदस्यता लिएको बताइएको पनि पौडेलले वताए ।
कार्यक्रममा उद्योग बाणिज्य संघ पथरीका अध्यक्ष दिपक बस्नेत, उपाध्यक्ष यादवचन्द्र दुलाल, महासचिव अशोक कुमार राई, कोषाध्यक्ष राजेन्द्र बस्नेतले सहजीकरण गरेका थिए ।
पथरी उद्योग बाणिज्य संघले विभिन्न समयमा व्यवसायिहरुको सहजतालाई ध्यानमा राखेर व्यवसाय दर्ता, नवीकरण लगायतको सेवा स्थानिय स्तरमै घुम्ती सेवा मार्फत उपलब्ध गराउदै आएको छ ।