• चितवन,साउन ३२-

    नारायणगढको एक होटलमा मृत भेटिएका पत्रकार शालिकराम पुडाशैनीको न्यायका लागि भन्दै चितवनको चौविसकोठीमा आज विहान प्रर्दशन भएको छ । आरोपीहरुलाई अदालतले हिजोमात्र म्याद थप गरी प्रहरीको अनुसन्धामै रहेको घटनामा विरोध गर्नु र समर्थन गर्नुको कुनै औचित्य नभएको भन्दै उनिहरुले प्रर्दशन गरेका हुन् । प्रर्दशनका क्रममा न्यायलयलाई निष्पक्ष अनुसन्धान गर्न दिनुपर्ने माग गरिएको थियो । प्रर्दशनकारीहरुले बोकेको प्ले कार्डमा निष्पक्ष छानविन गर्न देउ,अपराधलाई राजनितिकरण नगरौं,पुडासैनीले न्याय पाउनैपर्छ लगाएतका नाराहरु लेखिएका थिए । स्वतन्त्र युवा समुहको नामबाट गरिएको प्रर्दशनमा दर्जनौ युवाहरु सहभागी रहेका थिए ।









    अनुसन्धानलाई प्रभावित पार्ने खालका कुनैपनि गतिविधि नगर्न प्रर्दशनमा सहभागी युवा राजु भुषालले आग्रह गरे । यसअघि बिहिवार पक्राउ परेको न्यू २४ का कार्यक्रम प्रस्तोता रवि लामिछानेको समर्थनमा प्रर्दशन गरेका थिए । सो क्रममा प्रहरी संग झडप समेत भएको थियो । पाँच प्रहरी घाइते भएका छन् भने प्रहरीले १० राउण्ड अश्रुग्याँस समेत प्रहार गरेको थियो । चितवन जिल्ला अदालतले हिजोमात्रै पाँच म्याद थप गरेर अनुसन्धानका लागि प्रहरीलाई अनुमती दिएको छ ।



सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी—११, फुटबल क्लवले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दो…

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…

मोरङ । कुलमान घिसिंङ प्रत्यक्ष रुपमा नदेखिएपनि घिसिङको पहलमा गठन भएको भनिएको उज्यालो नेपाल पार्टीका अध्यक्…