• काठमाडाैँ, १ भदाै । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सरकार आफ्नो जिम्मेवारीबाट पछि नहट्ने बताउनु भएको छ । साथै उहाँले मरिसकेकाे राजतन्त्र फर्काउछाैँ भन्नेलाई गतिलाे जवाफ पनि दिनुभएकाे छ ।

    आइतबार संसदमा सम्बोधन गर्दै उहाँले भन्नुभयाे, ‘यो सरकार चुनौतीहरुको समना गरेर आएको पृष्ठभूमि छ, ठूलठूला अप्ठ्यारा र चुनौतीहरुको सामना गरेर, जुन संस्था र निकायहरुका शक्तिका कुरा गर्ने गर्छन् मान्छेहरु, ती शक्तिहरु जिउँदै हुँदा तिनलाई हामीले ठेगान लगाएका हौँ ।’ उहाँले राजसंस्थातर्फ इंगित गर्दै अहिले चिहानमा गएर हड्डी खोजेर त्यो संस्था फर्काउछु भन्ने खालको परिकल्पना कसैले गर्न नहुने समेत बताउनुभयाे ।

    ‘यो बेमाैसमको बाजा नबजाए हुन्छ,’ उहाँले थप्नुभयाे, ‘सरकाले देखाएको यो उदारता नपत्याएको हो भने पत्याएको दिन संविधानले नै व्यवस्था गरेकाे याे लोकतन्त्र/गणतन्त्रको रक्षाको लागि सरकार मैदानमा उत्रिन्छ । यसको रक्षा र कार्यान्वन गर्छ ।’

    प्रम आेलीले अहिले सरकारकाे सम्पूर्ण प्रयास विकास निमार्णतिर रहेकाे पनि बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘केही पनि भएन, केही पनि भएन भनेको सुनिन्छ । केही नहुँदा पनि सात प्रतिशत भन्दा बढी आर्थिक वृद्धिदर पुगेको छ, जुन ऐतिहासिक हो । यो नेपालको एतिहासको रेकर्ड हो ।’

    ‘ठिक छ केही भएन मानिलिऊँ- अर्को वर्ष ८.५ प्रतिशत आर्थिक वृद्धि हुनेछ । फेरि केही भएन भन्नु होस्, ९.५ प्रतिशत पुग्छ,’ उहाँले थप्नुभयाे, ‘अर्को वर्ष फेरि केही भएन भन्नुहोस्, अर्को वर्ष ११ प्रतिशत पुग्छ । अझ केही भएन भन्नुहोस्, हामी त्यो भन्दा बढाउने कोसिसमा लाग्नेछौँ । त्यसैले केही भएन भन्नेले हामीलाई सजक गराएको प्रति धन्यवाद भन्न चाहन्छु ।’

    उहाँले फेरि पनि आलाेचनामै रमाउनेहरुलाई सरकारले कामबाट जवाफ दिने भताउनुभयाे । तीन सय पुल बनाउँदा पनि कम भयो भन्नेका लागि पाँच सय पुर्याइदिने समेत उहाँले धमास दिनुभयाे ।


सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…