• प्रनिश थापा, चितवन, २ भदौ । न्युज २४ टेलिभिजनका सिधा कुरा जनतासंगको कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई निशर्त रिहा गर्नुपर्ने माग राख्दै लामिछानेका समर्थकहरुले आज चौथो दिन सोमबार पनि चितवनमा प्रर्दशन गरेको छ ।

    माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको रहस्यमय तरिकाले भएको आत्महत्या प्रकरणमा अनुसन्धानका लागी भन्दै टेलिभिजन परिसरबाटै पक्राउ गरेका रवि लामिछाने, पत्रकार युवराज कँडेल र काठमाडौंको तिलिङ्गेबाट पक्राउ परेका नर्स अस्मिता कार्कीलाई रिहाइको माग राख्दै उनका समर्थकहरुले नाराबाजी सहित प्रर्दशन गरेका हुन् ।

    प्रदर्शनका क्रममा अराजक गतिविधि गर्ने आधा दर्जनभन्दा बढी प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    नियन्त्रणमा लिएका प्रदर्शनकारीलाई कानुनसम्मत कार्वाही गरिने चितवन प्रहरीले जनाएको छ । यस अघि आज सोमबार मात्रै चितवन प्रहरीले भरतपुर चौबीसकोठी देखी मालपोत चोकसम्म प्रदर्शन गर्न नपाइने गरि निषेधित क्षेत्र तोकेको थियो ।

    उता, पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नका लागि डोरी किनेको पसल प्रहरीले फेला पारेको छ । सिसिटिभी फुटेजमा शालिकराम एक्लै गएर बसपार्कमा रहेको एक पसलबाट डोरी किनेको दृश्य फेला पारेको हो ।

    प्रहरीले पसलको सिसिटिभी फुटेज लिएर अनुसन्धान थालेको छ । बसपार्कको होटल कंगारुमा दिउँसो साँढे तीन बजे पुगेका पुडासैनीले बाहिर निस्किएर डोरी किनेका फुटेजमा देख्न सकिने अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए ।

    पत्रकार पुडासैनीले लुगा सुकाउन भन्दै ५ मिटर डोरी मागेका थिए । दृश्यमा पसलका कामदारले डोरी नापेको र प्लाष्टिकको झोलामा डोरी लगेको देखिएको छ ।

    होटलमा पुगेर आत्महत्या गरेका पुडासैनीको मोबाइलमा रहेको भिडियो सन्देशमा सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनाका कारण आफूले आत्महत्या गरेको उल्लेख छ ।

    उता, नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) चितवनले रवि लामिछानेको समर्थनमा प्रदर्शनमा नजान आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।

    पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा न्यायलयको निर्णयलाई प्रभाव पार्ने गरी भइरहेको हुलहुज्जत अराजक गतिविधि प्रती गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

    सोमबार जारी प्रेस विज्ञप्तिमा नेपाली जनताले बलिदानीपूर्ण संघर्षपछि प्राप्त लोकतान्त्रिक गणतन्त्रकै विरुद्ध लगाउनु नेपाली जनताप्रतिको अ भएको पार्टीले उल्लेख गरेको छ घटनालाई लिएर पार्टीको नेतृत्व नामै किटेर गरिएको नाराबाजी प्रतिक्रियावादीलाई बढवा दिने भएको ‘धमिलो पानीमा माछा चलखेल भएको विज्ञप्तिमा उल्लेख पार्टीले यस्तो कार्य स्वीकार्य नहुने जनाएको हो ।

    नेकपाले विज्ञप्तिमार्फत चितवनलाइ शान्ति र अमनचयन कायम प्रशासन लगायत आमजनसमुदायमा आग्रह पनि गरेको छ ।

    नुवाकोटका स्थायी बासिन्दा पत्रकार पुडासैनी साउन २० गते मंगलबार चितवनको नारायणगढस्थित पोखरा बसपार्कको होटल कंगारुको २०२ नम्बरको कोठामा झुन्डिएको अवस्थामा फेला परेका थिए ।

    उनको साथबाट फेला परेको मोबाइलमा भिडियो सन्देश छोडेको चर्चाका बीच उनले रुँदै परिवारसँग माफी मागेका थिए ।

सम्वन्धित समाचार

मोरङ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङको शनिबार पथरीशनिश्चरे नगरमा भएको छैटौं जिल्ला …

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं। स्थित सुनाखरी माविले विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार वितरण गर्दै बि…

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं. वडा स्थित सुनाखरी माविमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई न्यायो कपडा वितरण…

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं. वडा कार्यालयले अपाङ्गता भएका व्यक्तिहरुलाई न्यायो कपडा वितरण गरेको छ ।&n…