• भाद्र २ बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी नेता कार्यकर्तालाई चुनाव कसरी जित्ने भनेर प्रशिक्षण दिने बेला आएको बताएका छन् । आज बुटवलमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले विगतको निर्वाचनको पराजयलाई सम्झँदै अब चुनाव कसरी जित्ने तर्फ केन्द्रित हुनुपर्ने बताएका हुन् ।

    केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार रुपन्देहीको भैरहवामा गरेको कार्यक्रममा कांग्रेस सभापति देउवाले अहिलेको राजनीति भोटको भएको बताउँदै मिठो भाषणले मात्र चुनाव नजित्ने भन्दै जनतामा जान नेताहरुलाई आग्रह गरे । उनले भने–‘भाषणले भोट आउने भए मलाई भन्दा धेरै राम्रो बोल्न आउने नेताहरु छन् तर हारे, अब चुनाव कसरी जित्ने भनेर प्रशिक्षण दिनुर्पयो ।’

    देउवाले कांग्रेसमा जस्तो समावेशी अरु पार्टीमा नभएको भन्दै त्यसअनुसार भोट नआएको समेत जिकिर गरे । उनले हरेक समुदायले पार्टीमा जति प्रतिशत आरक्षण पाएका छन् त्यसअनुसार भोट ल्याउनुपर्ने भन्दै महिलाले ३३ प्रतिशत भोट ल्याउनु पर्ने बताए । आदिजासी जानजाति सबैले प्रतिशतअनुसार भोट ल्याउनु पर्ने देउवाको कथन थियो ।

    खरो र छुद्र बोल्नले देउवाले कार्यक्रमस्थलमा चारतारे झण्डा मात्र राखिएको प्रति असन्तुष्टि ब्यक्त गर्दै ‘रुख खोई’ भन्दै प्रश्न गरे । अरु पार्टीको कार्यक्रममा झण्डासँगै चुनाव चिह्न पनि राख्ने गरेको उल्लेख गर्दै देउवाले ‘यहाँ रुख कहिँ छ ? चारतारे झण्डा मात्र छ ।’ भनेर आक्रोस ब्यक्त गरे ।

    देउवाअघि कार्यक्रमलाई सम्बोधन गरेका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा गुट अन्त्य गर्नुपर्ने र यसका लागि न्याय, निश्पक्षता र पारदर्शीता हुनुपर्ने बताए प्रति लक्षित गर्दै देउवाले वरिष्ठ नेता पौडेलको भनाईलाई समर्थन गर्दै केन्द्रिय समितिको बैठक लाइभ नै गरौं न भन्दै उत्तर दिए ।

    उनले पारदर्शिता हुनुपर्छ भन्नु राम्रो भएको बताउँदै त्यसका लागि पार्टीको केन्द्रीय कार्यसमितिको बैठक पत्रकारहरुलाई खुला गर्न चुनौती दिएका छन् । ठूलठूला कुुरा गर्ने नेताहरु बैठकमा बोल्न नसक्ने भन्दै यसो गरेपछि कसले बाहिर मात्र बढ्दा बोल्दारहेछन् त्यो पनि थाहा भइहाल्ने जिकिर गरे ।

    देउवाले अरु पार्टीमा बाहिर नबोल्ने, भित्र झगडा गर्ने गरेको तर कांग्रेसमा ठिक त्यसको उल्टो भएको औंल्याए । देउवाले अन्तर्घात गर्ने र नेतृत्वविरुद्ध बोल्नेहरुलाई अनुशासनको कारबाही गर्नुपर्ने बताए । अन्तरघात गर्नेहरुलाई कारबाही नगर्ने हो भने कांग्रेसले कहिल्यै चुनाव नजित्ने उनको दाबी छ । ‘जथाभावी होइन, बदमासी गर्नेलाई प्रमाणका आधारमा कारबाही गर्ने हो । नभए यो अराजक पार्टी भइहाल्छ नि ।’ उनले भने ।

    यता कार्यक्रममा वरिष्ठ नेता पौडेलले जनताले झुक्किएर कम्युनिस्टलाई भोट हालेको भन्दै कांग्रेसले आफूलाई भरोसायोग्य पार्टी बनाउनुपर्ने बताए । उनले कांग्रेसलाई उद्योगधन्दा बेच्यो भनेर आरोप लगाउने कम्युनिस्टले सरकारमा आएको २ वर्षमा कति उद्योग स्थापना गर्यो भन्ने प्रश्न गरेका थिए ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…