• भदौ ९, काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठक बोलाएका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि गत बिहीबार सिङ्गापुर गएपछि अर्का अध्यक्ष ‘प्रचण्ड’ले पहिलो पटक पार्टीको बैठक बोलाएका हुन् ।बैठक सोमबार (आज) दिउँसो १ बजे पार्टी मुख्यालय धूम्रबाराहीमा बस्ने छ । बैठकको मूख्य एजेन्डा साङ्गठनिक एकता रहेको बताइएको छ । प्रधानमन्त्री ओली सिङ्गापुर जानुअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले अर्का अध्यक्ष प्रचण्डको अध्यक्षतामा बैठक बस्ने र एकताका बाँकी काम टुंग्याउने निर्णय भएको थियो ।

    नेकपामा प्रवास कमिटी, महानगरहरूको नेतृत्व, पोलिटब्यूरो गठन, अन्य केन्द्रीय सदस्यहरूको कार्यविभाजन कार्यसूचीमा निर्णय हुन बाँकी नै छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएकाले ओली नफर्किँदासम्म पार्टीले यसबीचमा गर्नुपर्ने निर्णय अर्का अध्यक्षको नेतृत्वमा गर्ने समझदारी यसअघिको बैठकमा भएको थियो ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…