• विराटनगरःमोरङमा मानव अधिकार वर्ष पुस्तकका लागि समेटिएको घटनाहरुको वार्षिक पूर्वसमीक्षा कार्यक्रम पुस १२ गते विराटनगरमा सम्पन्न भएको छ ।



     



    विराटनगरस्थित इन्सेक क्षेत्रीय कार्यालयको सभाहलमा सरोकारवालाहरुबीच मानव अधिकार बर्ष पुस्तक-२०१८ का लागि १ जनवरी २०१७ देखि डिसेम्बर महिनासम्म समेटिएका घटनाहरुको पूर्वसमीषा गरिएको हो ।



    सो अवधिमा मोरङमा एक सय २४ वटा घटना अभिलेख गरिएकोमा एक सय ३० जना पीडित भएको इन्सेक मोरङ जिल्ला प्रतिनिधी इन्दिरा भट्टराइले बताइन । जसमा सबैभन्दा बढी बलतकारका घटना ५६ बटा, बलत्कार प्रयास २१ बटा,घरेलु हिसा २१ बटा र बहुविवाह १३ बटा रहेका छन ।



     



    त्यसैगरी कुटपिट ३ , हत्या ४,अमानवीय कार्य २, मानवबेचविखन २ , हत्या प्रयास १,दुरब्यवहार १ बटा घटना अभिलेख भएको छ । बलत्कारका ५६ घटनामा ४३ जना बालवालिका र १३ जना महिला ,त्यसैगरी बलत्कार प्रयासका २१ घटनामा ८ बालिका र १३ महिला रहेका छन ।



     



    कार्यक्रममा सहभागी सरोकारवालाहरुले अहिले घरेलु हिसा, बलत्कार जतिकै जटिल रुपमा वालविवाह देखिएको भन्दै यसको न्युनिकरणका लागि लाग्न आबश्यक भएको बताए । सो अबसरमा जिल्ला प्रहरी कार्यालयकी इन्सपेक्टर जमुना बस्नेतले महिला विरुद्ध हुने हिसाका घटना सुचनाका कारण धेरै आउन थाले पनि घरेलु हिसामा भने कारवाही गर्न नसकेको बताइन ।



     



    मोरङमा वालिका बलत्कारका घटना धेरै भएको तथ्याङकले देखाएकोले यसका लागि सबै सरोकारवालाहरुले सचेतना फैलाउन जरुरी रहेको बताइन । त्यसैगरी राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरकी प्रमुख मञ्जु खतिबडाले हिसा पीडित महिलाहरुले आर्थिक र भौतिक सुरक्षाका कारण कारवाहीको लागि खुलेर आउन नसकेको बताइन।



    इन्सेक क्षेत्रीय कार्यालय विराटनगरका संयोजक सोमराज थापाले पीडितलाई न्यायदिने र पीडकलाई कारवाही गर्न र हाम्रो समाज कता जादैछ भनेर चित्रण गर्न बर्षपुस्तकले मद्धत गर्ने बताए । कार्यक्रममा मानवअधिकारको क्षेत्रमा काम गर्ने संघसस्थाका प्रतिनिधिहरु,सञ्चारकर्मीहरु, सरकारी निकायका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

सम्वन्धित समाचार

मोरङ । निर्माणाधिन एसियाली हाइवे मोरङको पथरीशनिश्चरे स्थित पथरी बजारमा साँगुरिने शंका भएपछि स्थानीय चना…

मोरङ । पहिचान पक्षधरहरुको एकीकृत शक्ति र भविश्यमा पार्टी निर्माण गर्ने उदेश्यले छलफल सुरु हुनुको साथै संयो…

भूमिप्रसाद पाठक मोरङ । मोरङको पथरी शनिश्चरे १ को वडा कार्यालयले नजिकिँदै गरेका दशैं सहितका विभ…

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरीमा बुधबार जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय पथरीको संयुक्…