• काठमाडौं, ९ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे अध्यक्षतामा आज पार्टीको पहिलो सचिवालय बैठक बस्दै छ । नेकपामा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली देशबाहिर रहेकाले प्रचण्डले नै आजको बैठक बोलाएका हुन् ।बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको सो बैठकमा पार्टीको एकताका बाँकी काम टुंगो लगाउने कार्यसूची छ । टुंगो लागिसकेका कमिटीलाई सक्रिय बनाउने र जागरण अभियानको विषयमा समेत छलफल गरिने एजेन्डा राखिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

    तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको १५ महिना बित्दा समेत अहिलेसम्म पोलिटव्युरो कमिटी, आयोग, मञ्च, प्रवास कमिटीसहित केही केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुंगो अझै लागेको छैन ।

    उपचारका लागि सिंगापुर जानुअघि अर्का अध्यक्ष ओलीले आफ्नो अनुपस्थितिमा बैठक बोलाउने लगायतका कार्यकारी जिम्मेवारी प्रचण्डलाई दिएका थिए । यसअघि दुवै अध्यक्षको उपस्थितिमा मात्रै सचिवालय बैठक बस्दै आएको थियो भने सो बैठक प्रधानमन्त्री समेत रकेका ओलीले आफ्नै सरकारी निवास बालुवाटारमा बोलाउँदै आएका थिए । यसपटक भने भने बैठक पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको हो ।

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…