• अन्तर्राष्ट्रिय जगतमा प्रख्यात युरो गार्ड कम्पनीका फिल्टरहरुको पूर्वाञ्चल डिलर मोरङको पथरीशनिश्चरेमा खुल्ने भएको छ । पथरीका दुई ब्यवसायी प्रदिप पराजुलि र देव श्रेष्ठको संयुक्त लगानीमा सो डिलरको उद्घाटन १६ गते सोमवार हुने भएको छ ।

    भारतको मुम्वईमा रहेको यो कम्पनीको नेपालका लागि आधिकारीक विक्रेता प्रसिद इन्टरनेशनल कम्पनिले लिएको छ । सोही पूर्वाञ्चलका लागि आधिकारीक विक्रेताका रुपमा पथरीका दुइ ब्यवसायीले पथरी वजारमै डिलर खोल्ने भएका हुन् । कम्पनीका फोर्वेश क्लासिक (युभि), बोस्टर(युभि), फोर्वेश एजी २००(युभि), कुलर कम युभि लगायतका १२ भन्दा बढी प्रकारका फिल्टरहरु डिलरले पुर्वाञ्चलका विभिन्न सहरहरुमा पुर्याउने सञ्चालक मध्येका एक ब्यवसायी प्रदिप पराजुलिले जानकारी दिए । यस कम्पकिा उत्पादनहरुमा कम्तीमा प्रति घन्टा ६० लिटरदेखि बढीमा ६ सय लिटर सम्म शुद्ध गर्ने फिल्टरहरुको क्षमता रहेको अर्का व्यवसायी देव श्रेष्ठले बताए ।

    यस्तै यस कम्पनीका फिल्टरहरुले विद्युत भोल्टेज कम वा बढी हुदा पनि काम गर्नुका साथै नचाहिने बेलामा आफै विजुलि बन्द भई अनावश्यक विजुलि खपतलाई रोक्ने व्यवसायी पराजुलप्ले दावि गरे । यसले अन्य फिल्टर तथा शुद्धिकरण विधि भन्दा वढी शुद्धता दिने र खर्च पनि कम हुने उनले जानकारी दिए । डिलरमा वाहिरी प्रयोजनका लागि बोकेर हिड्न समेत सहज हुने २ हजार मुल्यका समग्री, घरायशी तथा संघ संस्थामा प्रयोग गर्न सहज हुने १९ हजार देखि १ लाख १६ हजार मुल्यसम्मका उत्पादनहरु रहने छन् ।

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …