• चितवन, १८ भदौ । नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जागरण अभियानमार्फत दोस्रो पटक जनताको माझमा जान लागेको बताएका छन् ।

    आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनँले अहिले पार्टीको गतिविधि र सरकारको काम कारवाहीको बारेमा गाउँगाउँमा जानकारी गराउन जागरण अभियानमार्फत जान लागेको बताए ।

    मङ्सिरसम्म सङ्गठन निर्माणका काम सकिएपछि मात्रै महाधिवेशनमा प्रवेश गर्ने भन्दै उहाँले मङ्सिरअघि १३ औँ महाधिवेशनको सङ्गठनलाई सङ्घीय व्यवस्थाअनुरुप रूपान्तरणको काम गरिने जानकारी दिनुभयो । वडा तहसम्म समायोजन गर्न कात्तिक मसान्तसम्म लाग्ने उनको भनाइ थियो ।

    केन्द्रको कमजोरीका कारण नेविसङ्घ र तरुणदलले पूर्णता पाउन नसकेको बताए । पूर्णता नपाउँदा पार्टीलाई नै असर परेको उनले टिप्पणी गरे । अबको महाधिवेशनमा तपाईँको उम्मेदवारी हुन्छ भन्ने जिज्ञाशामा सिटौलाले भने, “महाधिवेशनको तालिका तयार भएपछि सबै कुरा आउँछ किन हतारिनु पर्यो ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…